रेडियोलाई प्रतिस्पर्धात्मक बनाउन सुझाव

1.3K

रेडियोलाई प्रतिस्पर्धात्मक बनाउन सुझाव

बुटवल, १३ पुस । महिला समानताकालागि सञ्चार अभियानले सञ्चालन गरेको रेडियो मुक्तिले सञ्चालन भएको नवौं वर्ष प्रवेशको अवसरमा महिला सशक्ति करणकालागि सरोकारवालाको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले महिला सशक्तिकरण अभियानमा रेडियो मुक्तिले दल र सरकारले गर्नुपरेको काम गरेको बताएका थिए । कार्यक्रम नेपाली काँग्रेसका नगर सभापति खेलराज पाण्डेले समाजमा राजनीतिक दल र सरकारले गर्नेकाम रेडियो मुतmीले गरेको उल्लेख गर्दै रेडियोलाई अझै बढी प्रतिस्पर्धात्मक बनाउन सुझाव दिनुभयो ।

त्यस्तै गैरसरकारी संस्था महासंघकी केन्द्रीय सदस्य शुमित्रा शर्माले परम्परावादी जडमा हुर्किएका महिलालाई सशक्तिकरण गर्ने काम त्यति सजिलो नभएपनि रेडियो मुक्ति त्यो हिम्मत गरेर देखाएको बताउनु भयो ।

कार्यक्रममा रुपन्देही ब्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे, नेपाल राष्ट्रिय व्यापार संगठन बुटवलका अध्यक्ष खेम श्रीस, नेपाली काँग्रेस रुपन्देहीकी सदस्य मायाँ गौतम, महिला बिकास कार्यालय रुपन्देहीका अधिकृत मैयादेबि गुरुङ्, प्रेस चौतारीका केन्द्रीय सचिव भरत केसी, नेपाल प्रेस युनियन रुपन्देहीकी उपसभापति रेखा भुसाल, पारदर्शी सरोकार समुहका दिपक ढकाल, रेडियो रिपब्लिकका स्टेशन म्यानेजर उषाकिरण पन्थ, राष्ट्रिय अपाङ्ता महासंघ पश्चिमाञ्चल संयोजक सावित्रा घिमिरे, दिपा सुनुवार, ईन्सेक प्रतिनीधि रिमा बिसी लगायतले महिला सशक्ति करणकालागि सबैको सहकार्य आवश्यक हुने बताएका थिए ।

सो अवसरमा रेडियोकी कोषाध्यक्ष ईन्दिरा आचार्यले रेडियोले गरेका कामहरुको बारेमा जानकारी गराउँदै भावी कार्यक्रम समेत उल्लेख गर्नुभएको थियो । कार्यक्रममा रेडियोकी अध्यक्ष साबित्रा अर्यालले सरोकारवालाले दिएका सुझाव र सल्लाहलाई मनन् गरेर बस्तुगत उद्देश्यमा पुग्ने गरी काम गर्ने बताउनु भयो ।

२०६५ साल पुस ९ गतेदेखि औपचारिक प्रशारण सुरु गरेको रेडियोको नवौं बर्ष प्रवेशको अवसरमा यस अंगाडी वुटवल १५ जितगढीमा रहेको कुष्ठरोगवाट प्रभावित व्यक्ति कल्याण समिति र तिलोत्तामा नगरपालिका मणिग्राममा रहेको अनाथ आश्रमलाई नगद अर्थिक सहयोग गरिएको स्टेशन म्यानेजर कल्पना तिवारीले जानकारी दिनुभयो ।