ईन्दे्रणीमा पदस्थापन

1.3K

ईन्दे्रणीमा पदस्थापन

बुटवल, १३ पुस । बुटवल–१० सुख्खा नगरमा रहेको ईन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडको निर्वाचित नयाँ कार्य समितिका लागि बुधबार पदस्थापन कार्यक्रम भएको छ ।

संस्थाका सदस्य तथा निर्वाचन समितिका अध्यक्ष डिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा १८ औं अधिवेशनबाट निर्विरोध निर्वाचित मित्रबहादुर शाक्य नेतृत्वको नयाँ कार्य समितिलाई पदस्थापन कार्यक्रम गरिएको हो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष भूपालकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष शिवलाल राना, सल्लाहकार डम्बरदेव अर्याल, मुल्यांकन समितिका माया गौतम लगायतले निर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

निर्वाचन समितिका सदस्य जिवनारायण अधिकारीको संचालनमा भएको कार्यक्रमको स्वागत सदस्य सुर्यकुमार श्रेष्ठले गर्नु भएको थियो । यसअघी शाक्यको अध्यक्षतामा तीन वर्षे कार्यकालका लागि नयाँ समिति निर्विरोध निर्वाचित भएको थियो ।

समितिको उपाध्यक्षमा ध्रुर्वकुमार धिताल, सचिवमा नेत्रलाल अर्याल, कोषाध्यक्षमा दलबहादुर थापा लगायतको समिति चुनिएको छ भने लेखा समितिको संयोजकमा सुरेन्द्रमुनी शाक्य निर्वाचित हुनु भएको निर्वाचन समितिका अध्यक्ष डिलबहादुर थापाले जानकारी दिनुभयो ।