देवदह, १३ पुस । जनता माध्यमिक बिद्यालय देवदह ९ बंगालीमा बिद्यालयको २७ औ स्थापना दिवसको अवसर पारी निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
देवदहका ८ वटा सामुदायिक बिद्यालयको सहभागिता रहेको कार्यक्रममा देवदहको पर्यटकीय सम्भावना र चुनौतिहरु नामक शिर्षकमा उक्त प्रतियोगिता भएको हो । केरवानी माध्यमिक बिद्यालयका आयुष्मा भण्डारी प्रथम, युगज्योति माध्यमिक बिद्यालयका शुस्मिता देवकोटा द्धितिय, जनता माध्यमिक बिद्यालयका अस्मिता बलाल तृतिय र सरस्वति माध्यमिक बिद्यालयका देवि गुरुङ्गले सान्त्वना स्थान हासिल गरेका छन् ।
बिद्यालय शिक्षक अभिभावक संघका संयोजक दुर्गा ढकालको सभापतित्वमा भएको कार्यक्रममा शान्ति नमुना माध्यमिक बिद्यालय मणिग्रामका शिक्षक चन्द्रकान्त पराजुली, सिद्धेश्वरी लालकुमारी माध्यमिक बिद्यालयका प्रचार्य गोपिकृष्ण भण्डारी र युगिन साहित्य समाजका देवदहका अध्यक्ष यज्ञप्रसाद न्यौपाने ले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रमम बिद्यालयका शिक्षक प्रकाश अधिकारीको संचालनमा सम्पन्न भएको थियो । सोही अवसरमा शिक्षक शिव कुमाल र विमला अर्यालको संयोजकत्वमा सरसफाई तथा बिभिन्न अतिरिक्त क्रियाकलाप पनि सम्पन्न भएको थियो ।
त्यसैगरी भोली पुष १४ गते बिद्यालयको स्थापनाको दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु संचालन गरिने बिद्यालयले जनाएको छ ।