
बुटवल, १४ पुस । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आज पनि बिभिन्न प्रतियोगिताहरु भएका छन ।
मेलाका अवसरमा आज कृषि वाली प्रतियोगिता, माछा मार्ने बल्छि प्रतियोगिता, लोक दोहोरी गीत प्रतियोगिता, बिद्यालय स्तरीय लोक गीत प्रतियोगिता र भ्वाइस अफ बुटवल भएका छन । मेलाकै अवसरमा आज प्यारामाउण्ट उच्च माबिका बिद्यार्थीहरुले साइकल चलाएर उर्जा निकालि मोवाइल चार्ज गर्ने र बत्ति बालेर बिज्ञान प्रर्दशनी गरेका थिए ।
मेलामा शुक्रवार आमा नृत्य प्रतियोगिता र दुग्धपान प्रतियोगिता हुदै छन । मेलामा राखिएका खाद्य पदार्थ सहित खाना नास्ता पेय पदार्थको गुणस्तरका सम्वन्धमा आज पनि मेला अन्र्तगतको अनुगमन समिति र जिल्ला बजार अनुगमन समितिले अनुगमन गरेको छ ।
संघका बरिष्ठ उपाध्यक्ष तथा मेलाका सहसंयोजक खिम बहादुर हमाल सहित बाणिज्य कार्यालय रुपन्देहीका प्रमुख बेद प्रकाश उपाध्याय, इलाका प्रशासन कार्यालय बुटवलका अधिकृत रमेश गौतम, खाद्य तथा गुण नियन्त्रण कार्यालयका अधिकृत बिक्रम लिम्वु, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसी र डायलसन अधिकारी सम्मिलित टोलीले अनुगमन गरेको थियो ।
मेलामा पुस ११ गते होटल तथा रेष्टुरेण्ट व्यवसायीलाई दिइएको निर्देशन पुर्ण रुपमा पालना गर्दै कुकहरुले टाउकोमा कपडा (एप्रोन ) लगाएको र खाद्य परिकारलाई सफा कपडा वा जालीले छोपेर राखेको पाइएको बाणिज्य कार्यालयका प्रमुख उपााध्यायले बताउनु भयो ।
अनुगमन टोलीले खाद्य वस्तुमा लेवल लगाएको, उत्पादन र उपभोग्य मिति उल्लेख भएको मात्र बिक्री गर्न पनि व्यवसायीहरुलाई निर्देशन दिएको छ । मेलामा अखाद्य बस्तु बितरण गरेको नपाइएको तर कतिपय स्थानिय उद्योगले उत्पादन र उपभोग गर्न हुने समय नलेखि बिक्रि गरेको पाइएकोले त्यस्ता उद्योगलाई लेवल र उपभोग मिति उल्लेख गर्न निर्देशन दिइएको उपााध्यायले बताउनु भयो ।