खानेपानी डिभिजन प्रमुखलाई विदाई

1.3K

खानेपानी डिभिजन प्रमुखलाई विदाई

बुटवल, १५ पुस । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल रुपन्देहीले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगिकुटीका प्रमुख शंकरमणि ज्ञवालीलाई विदाई गरेको छ ।

महासंघका अध्यक्ष ध्रुर्वकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा सालघारी खानेपानीका अध्यक्ष हितमान पुन, देवदह खानेपानीका उपाध्यक्ष मिनादेवी रिमाल, सल्लाहकार सुन्दर गुप्ता लगायतले जिल्लाको खानेपानी तथा सरसफाईको क्षेत्रमा ज्ञवालीको योगदान सराहनीय रहेको उल्लेख गर्दै रुपन्देहीबाट सरुवाभई जान लाग्नु भएका ज्ञवालीलाई अन्य कार्यक्षेत्रमा रहदाँ पनि कार्यसम्पादनका लागि सहजता मिलोस् भन्दै शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा आफ्ना भनाई राख्दै उहाँले खानेपानी तथा सरसफाईको क्षेत्रमा धेरै प्रगति गरेको बताउनुभयो । उहाँले जिल्लालाई पुर्ण सरसफाईको दिशातर्फ उन्मुखबनाउनका लागि स्थानीयकै सहभागिता र चासो बढी हुने भएकाले स्थानीयनै सक्रिय हुनु पर्ने उल्लेख गर्दै रुपन्देहीको दक्षिणी क्षेत्रमा बढी चुनौती देखिएको बताउनुभयो ।

सरसफाईका बारेमा बताउनुभन्दापनि बुझाउन सकिएमा रुपन्देही सरसफाईमा धेरै अगाडि रहने विश्वास ब्यक्त गर्नुभयो । खानेपानी महासंघका उपाध्यक्ष सावित्रा रेग्मी स्वागतमा भएको कार्यक्रमको संचालन सदस्य मधुकला कुवरले गर्नु भएको थियो ।