‘भय रहित जीवन ज्यूनका लागि दीर्घायु नेपाल’

1.3K

‘भय रहित जीवन ज्यूनका लागि दीर्घायु नेपाल’

मिना पौडेल/
देवदह, १६ पुस । दीर्घ जीवन बाच्नको लागि एकिकृत स्वास्थ्य बिद्यालाई अपनाउनुपर्ने दीर्घायु नेपालका केन्द्रीय अध्यक्ष केशवराज घिमिरेले बताउनुभएको छ ।

उहाले भय रहित जीवन ज्यूनका लागि दीर्घायु नेपाल एउटा कला सावित हुने बताउनुभयो । दीर्घायु नेपाल देवदह शाखा रुपन्देहीको वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनुभएको हो । कार्यक्रममा दीर्घायु नेपालका केन्द्रीय संस्थापक लक्ष्मीकान्त पाण्डेले अन्र्तराष्ट्रिय स्तरको मेडिटेशन सेन्टर स्थापनाको लागि देवदहका राजीितिक दलहरुले करिब ६ विगाहा जग्गा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

साथै उहाले मेडिटेशन सेन्टर स्थापना भएसंगै बेरोजगारीलाई रोजगारीको अवसर प्राप्त हुने बताउनुभयो । कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले आध्यात्मिक नगर सूचकको रुपमा  दीर्घायु नेपाल पर्ने हुदा यसको देवदह स्थापनाको लागि देवदह नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

दीर्घायु नेपाल देवदह शाखाका  अध्यक्ष रुक्माङ्गत काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा दीर्घायु नेपालका केन्द्रीय सल्लाहकार ज्ञानप्रसाद गैरे, समाजसेवी एवम् उद्योगपति सन्तराम चौधरी, प्रगति सामुदायिक वनका अध्यक्ष चमकान्त गौडेल,  नेपाली काग्रेसका जिल्ला सदस्य बासुदेव रिमाल, नेकपा एमाले नगर कमिटी उपाध्यक्ष  खैराज शर्मा, नेकपा माओवादी केन्द्रका प्रतिनिधि कमला ज्ञवाली, देवदह मेडिकल कलेजका प्रदिप ज्ञवाली, देवदह नगर विकास समितिका अध्यक्ष डिल्लीराज मरासिनी, नागथान संरक्षण समितिका अध्यक्ष विष्णुप्रसाद भट्टराई लगायतले भनाई राखेका थिए ।

सोही अवसरमा देवदह मेडिकल कलेजको सहयोगमा स्वास्थ्य शिविर पनि संचालन गरिएको थियो । कार्यक्रम अवधिभर कालिका मन्दिर संरक्षण समितिका भगेन्द्र बिक लगायतको समुहले बिभिन्न गित तथा संगित प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रम प्रगति सामुदायिक वनका उपाध्यक्ष पवन पौडेलको संचालनमा सम्पन्न भएको थियो ।