कर्सो नेपालद्वारा रक्तदान

1.3K

कर्सो नेपालद्वारा रक्तदान

दश असाहाय वालबालिकालाई निःशुल्क अध्यापन
बुटवल, १९ पुस । कपिलबस्तु रुपन्देही सामाजिक संस्था (कर्सो नेपाल) वेलवास रुपन्देहीले संस्थाको वार्षिक कार्यक्रम अन्तरगत आज रक्तदान कार्यक्रम गरेको छ ।

रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुटवलको वेलवासमा भएको कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए । २०७१ सालको अन्तिम महिनामा स्थापित संस्थाले प्रत्येक वर्ष पुस महिनामा रक्तदान गर्दै आएको छ । वालवालिका केन्द्रित रहेर शिक्षा, स्वास्थ्य र सरसफाई लक्षित कार्यक्रम गर्दै आएको कर्सो नेपालले कर्सो वचत योजना संञ्चालन गरेको छ । जसमा ९४ जना सदस्य छन् । उक्त वचत योजनाबाट प्राप्त व्याजबाट सामाजिक काममा खर्च गरिरहेको संस्थाका अध्यक्ष खिमानन्द पौडेलले बताउनु भयो ।

संस्थाले असाहाय, गरिव तथा विपन्न वालबालिकाको शिक्षामा बिशेष जोड दिएको छ । जुन कार्यक्रम अन्तरगत हाल १० जना असाहाय, गरिव तथा विपन्न वालबालिकालाई निःशुल्क पढ्ने व्यबस्था मिलाएको छ । संस्थाले नयाँ गाउँ उच्च माबिमा ५ जना र जितेश्वरी माबि बँदेलपोखरीमा ५ जना बालबालिकालाई पढ्ने व्यबस्था मिलाएको संस्थाका सचिव शिवलाल उपाध्यायले जानकारी दिनुभयो ।

उनीहरुलाई पढ्नकालागि आवश्यक पर्ने किताव, कापी, कलम, झोला, बिद्यालय पोषाक सबै कुरा संस्थाले व्यबस्था गरेको छ । उनीहरुलाई आवश्यक पर्ने खर्च व्यबस्थापनकालागि स्रोत खोजी गर्ने तथा सदस्यहरुबाट उठाएर भएपनि कुनै कमी हुन नदिने गरी संस्थाले काम गरेको उहाँले बताउनु भयो ।

संस्थामा अधिकाँस सरकारी तथा गैरसरकारी संस्थाबाट सेवा अवकास व्यक्तिहरु तथा उद्योगी व्यबसायी आवद्ध छन् । त्यस्तैगरी संस्थाले निःःशुल्क स्वास्थ्य शिबिर, सरसफाई, अनाथ वालबालिकालाई सहायता प्रदान लगायतका कार्यक्रम गर्दै आएको छ ।

जस अन्तरगत कपिलबस्तुमा निःशुल्क स्वास्थ्य शिबिर गरिएको, ठाउँ ठाउँमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको संस्थाका आजिवन सदस्य तथा स्वास्थ्य कार्यक्रम संयोजक किशोर वाग्लेले बताउनु भयो । त्यस्तै चेतना विस्तार सहित सरसफाई कार्यक्रम, अनाथवालबालिकालाई न्यानो कपडा तथा खाद्यान्न हस्तान्तरण, कुष्ठरोग प्रभावितलाई खाद्य सामाग्री प्रदान, जितेश्वरी माबिमा खानेपानी व्यबस्थापनकालागि नगद दश हजार रुपैंया सहयोग, धार्मिक मठमन्दिर तथा पर्यटकीय क्षेत्रको व्यबस्थापनमा आर्थिक सहयोग संस्थाले गरिएको संस्थाले जनाएको छ ।

त्यस्तैगरी संस्थाले सामाजिक सहयोगकालागि आर्थिक संकलन गर्ने उद्देश्यले गत दशैंमा वेलवास चोकमा दुर्गा झाँकी प्रदर्शन गरिएको थियो । उक्त झाकी प्रदर्शनबाट खर्च कटाएर २ लाख ६ हजार रुपैंया संस्थामा बचत भएको आर्थिक संयोजक मायाँ ज्ञवालीले बताउनु भयो ।