प्रगतिको साधारण सभा

1.3K

प्रगतिको साधारण सभा

अर्बेन्द्र गिरी/
देवदह, १९ पुस । रुपन्देहीको देवदह नगरपालिका बुद्धनगर अन्तर्गत रहेको प्रगति सामुदायिक उपभोक्ता समुहको सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला बन अधिकृत रोमराज लामिछानेले सबै उपभोक्ताहरुको सहयोग र अनुगमनले समुहको प्रगती हुने बतानुभयो । समुहका अध्यक्ष चमकान्त गौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सानाकिसान, सहकारी, रेडक्रस देवदह, उद्योग बाणिज्य संघ देवदह, विभिन्न वित्तीय संस्था तथा बैकका प्रतिनिधिहरुले समुहको उत्तर उत्तर प्रगतिको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा जेस्ठ नागरिक, अपांगता लाई समेत सम्मान गरिएको थियो भने ०७२/२०७३ को प्रगति तथा आम्दानी खर्चको विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन समुहका सचिव वर्षा तिवारीले गर्नु भएको थियो  ।