मेलामा विभिन्न प्रतियोगिता

1.3K

मेलामा विभिन्न प्रतियोगिता

बुटवल, १९ पुस । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आज पनि बिभिन्न कार्यक्रम र प्रतियोगिहरु सम्पन्न भएको छ ।

मेलामा आज कृषि वालि प्रतियोगिता, माछा मार्ने बल्छी प्रतियोगिता, लोक दोहोरी गीत प्रतियोगिता र भ्वाइस अफ बुटवलका प्रतिष्पर्धा भएका छन । मेलामा आज राष्ट्रिय कलाकार शिव हमाल, नबिन पौडेल, हरिमाया रायमाझी लगायतका कलाकारहरुले कला प्रस्तुत गरेका छन । मेलाकै अवसरमा भोली बुधवार दुग्धपान प्रतियोगिता आयोजना हुदै छ ।

मेलास्थलमा दिउसो १ बजे प्रतियोगिता आयोजना गरिएको सचिव कमल पौडेलले जानकारी दिनु भयो । पुस ८ गतेदेखि बुटवलमण्डपमा जारी मेलाका अवलोकनकर्ताहरुले मेलामा धेरै सिक्ने कुराहरु रहेको भन्दै प्रसंशा गरेका छन । मेलाको बिभिन्न जिल्लाका उद्योग वाणिज्य संघ, शैक्षिक भ्रमणमा आएका बिद्यार्थी, किसान समुहहरुले समेत अवलोकन गरेका छन ।

अवलोकनकर्ताहरुले छुट्टाछुट्टै प्याभिलियन बनाएर बस्तुहरुको प्रर्दशन तथा बिक्रीको व्यवस्था मिलाइएकोमा मेलाको व्यवस्थापन र सजावट राम्रो देखिएको बताएका छन । सल्यानका किसान राम बहादुर बुढाले कृषिलाई मेलामा बिशेष प्राथमिकता दिएकाले किसानले सिक्ने धेरै कुरा आफुले देखेको बताउनु भयो ।

उहाले निजी क्षेत्र र सरकारले किसानलाई उपलब्ध गराउने सेवाका सम्वन्धमा समेत जानकारी दिन सके यस्ता मेलाले कृषिको व्यवसायीकरणमा टेवा पु¥याउने बताउनु भयो । त्यस्तै नवलपरासीका कृषक राम बिकास चौधरी मेलामा कृषि बिकास कार्यालयको संयोजनमा कृषि बालि प्रतियोगिता भएपनि सरकारी कार्यालयले गर्ने सहयोग, सरकारले पाउने अनुदान लगायतका बिषयमा जानकारी समेतको व्यवस्था भएपनि अझै राम्रो हुने बताउनु भयो ।

मेलामा ट्राफिक सचेतनाका लागि राखिएको स्टल र त्यहाबाट दिइने जानकारी युवाहरुका लागि सर्बोत्तम भएको रुपन्देही छपियाका देवराज पौडेलले बताउनु भयो । पुस ८ गते रक्षामन्त्री बालकृष्ण खाणले उदघाटन गर्नु भएको मेला पुस २३ गतेसम्म चल्ने छ ।