
बुटवल, १९ पुस । द लुब्रिजोल कर्पोरेशन युएसएबाट उत्पादन अनुमति प्राप्त गरि नेपालको विराटनगरमा मार्भेल टेक्नोप्लाष्ट प्रालिले उत्पादन गरेका प्लम्बिङ्का पाईप तथा फिटिङ्का सामानहरु बजारीकरणकालागि मेलामा राखिएको स्टलमा उपभोक्ताले निकै चासोका साथ अवलोकन गरेको कम्पनीका प्रतिनीधिले बताएका छन् ।
कम्पनीले मंगलबार मेला स्टलमै पत्रकार सम्मेलन गरि आफूहरुले अपेक्षा गरेभन्दा पनि बढी उपभोक्ताले चासो देखाएको बताएका हुन् । कम्पनीका क्षेत्रीय बजार प्रवन्धक अशोक दाहालले बुटवलमा लागेको औद्योगिक व्यापार मेला अवलोकन गर्ने अधिकांशले स्टल अवलोकन गरेको र ४/५ हजार अवलोकन कर्ताले प्रतिक्रिया दिने र उत्पादनका बारेमा जिज्ञासा राखेको बताउनु भयो ।
मार्भेल टेक्नोप्लाष्ट प्रालीले पुर्वी नेपालको बिराटनगरबाट प्लम्बिङ्का पाईप तथा फिटिङ्हरु चार वर्षदेखि उत्पादन गर्दै आएको छ । सिपिभिसीको जन्मदाता युएसए कर्पोरेसन ई. सं. १९९५ मा स्थापना भएको थियो । जसले उत्पादन गरेका सामान विश्वभरी मन पराईएको र नेपालमा पनि माग उच्च रहेको मार्केटिङ् अफिसर प्रविण तिवारीले बताउनु भयो ।
फ्लोगार्ड प्लस सिपिभिसी पाईप गुणस्तरयुक्त रहेको एन.एस.एफले प्रमाणित गरेको छ । गैर सरकारी तथा गैर नाफामुलक एन.एस.एफले पानी र खाद्यान्नको माध्यमबाट मानव स्वास्थ्यमा नकारात्कम असर गर्छ या गर्दैन भन्ने अध्ययन र अनुसन्धान गर्ने गर्छ ।
फ्लोगार्ड प्लसबाट बनेका पाईप तथा फिटिङ्हरु लिक प्रुफ, किटाणु प्रतिरोधात्मक, पानी पिउनकालागि सुरक्षित, लेउ तथा खिया नलाग्ने, धेरै समय टिकाउ रहेकाले पनि उपभोक्ताले मार्भेल कम्पनीको पाईप तथा फिटिङ् प्रयोग गर्न बुटवलकालागि अधिकृत विक्रेता साईबाबा सप्लायर्स कालिकानगर बुटवलका सञ्चालक पप्पु गुप्ताले बताउनु भयो ।