
बुटवल, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)केन्द्रीय कार्यालयका सदस्य परि थापाले संविधान संशोधन प्रस्तावपछि मुलुकमा बढेको द्दन्द्दलाई संसदवादी दलबीचको झगडा भएको टिप्पणी गर्नुभएको छ ।
उहांले सरकारले भारतीय विस्तारवादीको इशारामा संशोधन ल्याएको र एमालेले नक्कली राष्ट्रवादी चरित्र देखाएको दावी गर्नुभयो । पार्टीको मध्य–पश्चिम कमाण्डको विस्तारित बैठकको आज बुटवलमा उद्घाटन गदैं उहांले सरकार र एमाले दुबैले गलत काम गरेको बताउंनुभयो । उहांले दलहरुले जारी गरेको संविधान पश्यगामी भएकाले खारेज गरेर जनसंविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपालका केन्द्रीय सचिव समेत रहनुभएका उहांले राष्ट्रियता यतिवेला ठुलो संकटमा परेकोले मुलुकले ठुलो परिवर्तनको माग गरेको बताउंनुभयो ।
राष्ट्र र जनताका हितका लागि जनगणतन्त्र स्थापनाका गर्न पार्टीले संघर्षमा जोड दिएको भन्दैं त्यसमा लाग्न सबैमा अनुरोध समेत उहांले गर्नभयो । पूर्व सांसद समेत रहनु भएका थापाले आफुलाई प्रगतिशील भन्नेहरु सरकारमा गएपनि भ्रष्ट्राचार निमुल हुंनुको सातो संस्थागत बन्दैं गएको दावी गर्नुभयो ।
पार्टी अवध राज्य समिति ईन्चार्ज प्रेमनाथ सुवेदीको अध्यक्षतामा भएको बैठकमा चार राज्य समितिका ईन्चार्ज तथा केन्द्रीय सदस्यहरुले आ–आफ्नो सांगठनिक रिर्पाेटिङ गदैं राष्ट्रियता,जनतन्त्र र जनजीविकाको लागि पार्टीले संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए । मध्य–पश्चिम स्तरिय बैठक सम्पन्न भएपछि भोलीबाट राज्य स्तरको बैठक बसेर केन्द्रीय कार्यक्रम अनुसार अगाडि बढ्ने सो पार्टीले जनाएको छ ।