
बुटवल, २१ पुस । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आज पनि बिभिन्न कार्यक्रम र प्रतियोगिहरु सम्पन्न भएको छ ।
मेलामा आयोजित दोहारी गीत प्रतियोगितामा आज एस के म्युजिक बुटवल बिजयी भएको छ । एसकेलेराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान काठमाण्डौ ख समुहलाई पराजित गरेको हो । आज बिजयी एस केपर्सीराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्विनीसंग प्रथम स्थानका लागि प्रतिष्पर्धा गर्ने छ । भोली तृतिय स्थानका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको काठमाण्डौ क र ख समुहबीच प्रतिष्पर्धा हुने छ ।
मेलाका अवसरमा आयोजित भ्वाइस अफ बुटवलको टप ५ मा परेकाहरुबीच भोली अन्तिम प्रतिष्पर्धा हुने छ । भ्वाइस अफ बुटवलको उपाधिका लागि टप ५ मा सन्ध्या सुनार, सुरुचि पाठक, ब्युटी रसायल, चन्द्रप्रकाश फौजा र इश्वर चौधरी छनौट भएका छन । टप ५ मा परेकाहरुमध्येबाट एसएमएसका आधारमा बिजेता घोषणा गरीने कार्यक्रम संयोजक तथा संघका सदस्य रितेश सिलवालले जानकारी दिनु भयो ।
मेलामा पुर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका उद्योग वाणिज्य संघ र बिभिन्न संघ सस्थाहरुले सस्थागत अवलोकन गरेका छन । आज झापा उद्योग वाणिज्य संघ, मोरङ उद्योग संगठन र धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरुले मेलाको अवलोकन गरेका छन ।
एक हजार बढीले खोजे, ३ सयले रोजगारी पाए
मेलामा राखिएको रोजगार सुचना केन्द्रमा रोजगारीका लागि एक हजार बढीलेनाम दर्ता गरेका छन । मेलामा राखिएको श्रम तथा रोजगार मन्त्रालयको रोजगार सुचना केन्द्रमा बिभिन्न कामका लागि एक हजार बढी युवा युवतिले नाम लेखाएका छन ।
नाम लेखाएका मध्येका ३ सयलाई अहिले नै रोजगारीका लागि माग गरेका उद्योग तथा व्यवसायहरुमा पठाइसकेको केन्द्रका परामर्शदाता प्रकाश घिमिरेले जानकारी दिनु भयो । उहाका अनुसार सीपमुलक काम र बजार प्रतिनिधिको माग बढी आएको छ ।
मेलामा पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले राखेको ट्राफिक सचेतना स्टलबाट ट्राफिक नियमको बारेमा जानेको सख्या पनि उल्लेख्य रहेको छ । मेलामा दुर्घटना न्युनिकरणका लागि बृत्त चित्र प्रति दर्शकले निकै ध्यान दिएको कार्यालयका नायव निरीक्षक ज्ञानु पाण्डेले बताउनु भयो ।