
बुटवल, २३ पुस । नेपाली कांग्रेस बुटवल उपमहानगर ९ वडा समितिले बनभोज तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ । विगत वर्षहरु जस्तै वडाका क्रियाशिल सदस्य, साधारण सदस्य र शुभेच्छुकहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा एमाले र माओवादी केन्द्र परित्याग गरेका ६० भन्दा बढी व्यक्तीहरु कांग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रममा कांग्रेस रुपन्देही क्षेत्र नं. ४ का क्षेत्रीय सभापति हरि लम्सालले नव आगन्तुकहरुलाई कांग्रेसको साधारण सदस्यता प्रदान गर्नुभएको थियो ।
सो अवसरमा उहाँले कांग्रेसले मात्र मुलुकलाई निकास दिन सक्षम भएको कुरा इतिहासले नै प्रमाणीत गरेको बताउनुभयो । गुट उपगुटले पार्टीलाई सिध्याउन लागेको भन्दै लम्सालले अब कार्यकर्ता मिलेर गुटको अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।
कांग्रेस वडा सभापति कृष्ण प्रसाद ज्ञवालीको सभापतित्व र सचिव दीनानाथ गिरीले संचालनमा भएको कार्यक्रममा रुपन्देही ३ का क्षेत्रीय सभापति प्रेम फौदार, महाधिवेशन प्रतिनिधि युवराज गिरी, कुमार केशी, नगर सभापति खेलराज पाण्डे, लक्ष्मण आचार्य, रामप्रसाद खनाल, राधा ज्ञवाली, हरि रेग्मी लगायतले धारणा राख्नुभएको थियो ।