‘कांग्रेसको अभिभावकत्वमा तीनै तहको चुनाव’

1.3K

‘कांग्रेसको अभिभावकत्वमा तीनै तहको चुनाव’

ललित पाण्डेय/
सैनामैना, २३ पुस । सिंचाई राज्य मन्त्री सुरेन्द्र आर्चायले नेपाली कांग्रेसले अभिभावकको भुमिका खेलेर मुलकमा तीनै तहको चुनाव २०७४ माघ ७ गते सम्म गरि सक्ने बताउनु भएको छ । मुलकमा स्थानिय चुनाव नभएको धेरै वर्ष वितिसकेको अवस्थामा जसरी भएपनि माघ ७ भित्र चुनाव गरेर सबिधान कार्यान्वयन गर्नु पर्ने उल्लेख गर्नुभयो ।

४० औ मिलमिलाप दिवसको सन्र्दभमा नेपाली कांग्रेस सैनामैना नगरस्तरिय वडा न ३ ले आयोजना गरेको चिया पान कार्यक्रमलाई सम्बोधन गर्दै आर्चायले सबिधान एउटा गतिशिल दस्ताबेज भएकाले जनताको माग अनुसार चित्त नबुझेका कुराहरु समयअनुकुल परिवर्तन गर्दै लाने सकिने भएकाले संबिधान लागु गर्नुे पर्नेमा जोड दिनु भयो ।

नेपाली काग्रेस कपिलबस्तु जिल्ला सभापति समेत रहनु भएका आर्चायले प्रदेश विभाजनले पहाड र तराईका जिल्ला आन्दोलित अवस्था रहेकोमा जनताको मागहरुलाई संसद खुलाएर समस्याको सामाधान गर्नुे पर्ने भनाई राख्नु भयो । पाँच नम्बर प्रदेशलाई  प्रदेश सभाले निर्णय गरेर संसदमा छलफल गरेर जनताको भावनाको आधारमा हिमाल पहाड तराई मिलाएर सबिधान कार्यन्वन तिर काग्रेस लाग्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस रुपन्देही जिल्लाका सभापति अब्दुल रज्जाकले वीपीले सिकाएको मिलमिलापको नीति लिएर  देशमा देखा परेको जटिल अवस्थालाई सामाधानको आवश्यकता परको बताउनु भएको छ । देशमा स्थानिय निकायको चुनाव आवश्यकता परकोले सबैलाई मिलाएर सबिधान कार्यन्वन तिर लाग्नु पर्नेमा जोड दिनु भयो ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस पाल्पा जिल्ला सभापति बिरु बहादुर थापाले नेकपा एमालले संसद अबरुद्ध गरेर प्रक्रिया र बिधिलाई अबरुद्ध गरेर जनताको आवाज लाई निषेध गरेको आरोप लगाउनु भयो । उहाले भन्नु भयो लोकन्तत्रमा शासन ब्यक्तिले होइन शासन बिधिले गर्नु पर्ने भएकाले कांग्रेस बिधि र प्रक्रिया मा चल्न चाहेको पनि बताउनु भयो ।

पहाड र तराईलाई अलगाउने खोजीएकोमा आफुहरुको आपत्ती भएको पनि थापाले बताउनु भयो । पार्टी सरकारमा रहेको अवस्थामा पनि खबरदारी गरेर केहीलाई खुसी पार्ने  नाममा बहुसख्य जनतालाई पिर परेमा कुनै पनि नेतालाई शिक्तल नहुने ठोकुवा गर्नु भयो । तराई र पहाडको सामाजिक सांस्कृति, भौगोलिक सम्बन्ध पहिलेको ठाउमा हुनु पर्छ भन्दै आफुहरु आन्दोलनमा रहेको पनि बताउनु भयो ।

त्यस्तै कार्यक्रममा पुर्व जिल्ला सभापति राम चन्द्र ढकाल, रुपन्देही क्षेत्र न ४ का सभापति हरी लम्साल, जिल्ला सदस्य गोबिन्द लम्साल, पुर्व जिल्ला सदस्य डिल्लिराज ज्ञवाली, सैनामैना नगर सभापति राम प्रसाद अधिकारी, बुटवल उपमहानगरपालिकाका सभापति खेल राज पाण्डेय , नेपाल शिक्षक रुपन्देहीका कृष्ण पङ्गनी, सैनामैना नगरपालिका महिला संघ संयोजक सिता पोख्रेल, कमला पौडेल लगायतले बोल्दै देशमा तिन तहको चुनावमा काग्रेसले अभिभावकको भुमिका खेलेर सविधान कार्यन्वयनमा जानु पर्ने जोड दिनु भएको थियो ।

नेपाली कांग्रेस सैनामैना नगर समिति वडान ३ का सभापति हरिहर पछाईको सभापतित्वमा भएको कार्यक्रमको ऋषिराम न्यौपानेको सञ्चालनमा भएको थियो । सो कार्यक्रममा नेकपा एमाले , नेकपा माओबादी केन्द्र लगायत अन्य पार्टि परित्याग गरि दुई सय ५० जना नेपाली काग्रेसमा प्रवेश गरेका थिए ।