दीर्घायु नेपालमा ढकाल निर्वाचित

1.3K

दीर्घायु नेपालमा ढकाल निर्वाचित

अर्बेन्द्र गिरी/
देवदह, २३ पुस । राष्ट्रिय स्तरको गैरसरकारी संस्था दीर्घायु नेपालको रुपन्देही शाखामा खेमनारायण ढकाल निर्वाचित हुनु भएको छ । नयाँ नेतृत्व चयन सर्वसम्मत हुन नसकेपछि केहीदिन अँघिको सभाले निर्वाचनमा जाने निर्णय गरेअनुसार निर्वाचनको तयारी भएपनि नेतृत्व सर्वसम्मत रुपमा चयन भएको हो ।

समितिको उपाध्यक्ष देवीका पराजुली, महासचिब सरस्वती बस्याल, सचिबमा दुर्गा पौडेल र सदस्यहरुमा दामोदर क्षेत्री, यमलाल भट्टराई, राधा दमै, भिस्म खरेल र सुरज अधिकारी लगाएतका रहेका छन् निर्वाचित सस्थांका अध्यक्ष ढकालले सहकार्य, सहमति र एकताका आधारमा संस्थालाई अँगाडी बढाउने बताउनु भयो ।

नेपालमा लामो समयदेखि सामाजिक क्षेत्रमा संस्थाले काम गर्दै आएको छ । त्यस्तै देवदह क्षेत्रमा पनि स्थानीय सामाजिक संस्थाहरुसंग सहकार्य गर्दै आएको छ ।

मेडीटेसनको लागि ट्रस, एम्बुलेस सञ्चालन लगायतका काम गर्दै आएको संस्थाको नेतृत्व लिनकालागि आकाँक्षि धेरै भएपनि सहमतिका आधारमा नेतृत्व चयन भएको हो ।

रुपन्देहीको देवदह पर्यटकीय रुपमा पनि सम्भावना बोकेको ठाउँ हो । देवदह क्षेत्रलाई गौतम बुद्धको मावलीका रुपमा पनि चिनिन्छ । त्यहाँका एतिहासिक क्षेत्र देवदहको दह, सिमसार, पाकारी, नागथान, हरियालीबनले घेरिएको जस्ता मनोरम दृष्यहरु, एतिहासिक महत्वका सम्पदाहरु बोकेको क्षेत्रलाई संरक्षण गर्दै पर्यटकीय हिसाबले अगाडी बढ्न थप सम्भावना बोकेको छ ।

स्रोतका अनुसार सामाजिक विकासको लागि करोडौंको लगानी गर्न तयार देखिएको यो सस्थामा राजनीतिकरण गर्न खोज्ने केही नेताका कारण संस्थामा समस्या सिर्जना भएको छ ।