
बुटवल, २५ पुस । भारतको गुँजरात अहमदावादमा रहेको बजाज ग्रुपले ल्याएको बजाज टायल्स बुटवल क्षेत्रमा बिक्री शुभारम्भ गरिएको छ ।
यस क्षेत्रकालागि आधिकारिक बिक्रेता सदाखुसी सप्लायर्सले आज एक कार्यक्रमका बिच बिक्री शुभारम्भ गरेको हो । नारायणगढदेखि पश्चिम र नेपालगञ्जदेखि पूर्वको भागलाई लक्षित गरेर कम्पनीले सदाखुसीलाई आधिकारिकता प्रदान गरेको हो ।
बुटवल र तिलोत्तमा नगरपालिकाको सिमाना योगिकुटीमा सदाखुसीको बिक्री डिपोबाट यस क्षेत्रमा खुद्रा सहित होलसेलमा बजाज टायल्स बिक्री गरिने सदाखुसी सप्लायर्सका अध्यक्ष डोलराज अधिकारीले बताउनु भयो । सदाखुसीमा अधिकारी सहित यस क्षेत्रका उद्योगी व्यबसायीहरु युक्तराज खनाल, युक्तनारायण पंगेनी, किशोर पंगेनी, टिकाराम तिवारीले तत्कालकालागि एक करोड बढी लगानी गर्नुभएको छ ।

लुम्बिनी अञ्चलमै पहिलोपटक भित्र्याईएको बजाज टायल्स अरु कम्पनीका टायल भन्दा राम्रो हुनुका साथै गुणस्तरयुक्त र मुल्य पनि सुपथ रहेको नेपालकालागि बजार व्यबस्थापक गणेश बटौलाले बताउनु भयो । बिक्री शुभारम्भ कार्यक्रममा कम्पनीका ईन्टरनेशनल मार्केटिङ् चेयरम्यान किरण बजाजले कम्पनीले ल्याएको टायल्स गुणस्तर युक्त पनि भएकाले घर निर्माणमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सञ्चाक डोलराज अधिकारी, टिकाराम तिवारी, पत्रकार खिमानन्द भट्टराई, यमलाल भुसाल लगायतले भनाई सहित शुभकामना व्यक्त गर्नुभएको थियो ।