डेल्टाद्वारा निःशुल्क सर्भिस क्याम्प

1.3K

डेल्टाद्वारा निःशुल्क सर्भिस क्याम्प

बुटवल, २५ पुस । जर्मन प्रविधिमा बंगलादेशमा बनेको डेल्टा ई रिक्सा ब्याट्रीको बजार प्रवद्र्धन गर्ने उद्देश्यले एकहप्ते निःशुल्क सर्भिस क्याम्प शुरु भएको छ ।

लुम्बिनी ई रिक्सा यातायात व्यवसायी संघको सहकार्यमा निःशुल्क सर्भिस क्याम्प सञ्चालन भएको हो । नवलपरासीको सुनवलबाट शुरु भएको एकहप्ते क्याम्प बर्दघाट, देवदहको खैरेनी, परासी, बुटवल, जितपुर कपिलवस्तु हुंदै चन्द्रौटा पुगेर समापन हुने डेल्टाको लुम्बिनी अञ्चलका लागि अधिकृत विक्रेता एसएमएस ट्रेडर्स बुटवल मैनाबगरका सञ्चालक शैलेन्द्र सुवेदीले जानकारी दिए ।

सर्भिस क्याम्पमा ई रिक्साहरुको निःशुल्क मर्मत गरिनुका साथै ब्याट्री एक्सचेन्ज र स्पेयर पार्टस्मा समेत विशेष सहुलियत दिइएको सुवेदीले बताए । सर्भिस क्याम्पका लागि काठमाडौंबाट ४ जना दक्ष मेकानिक आएका छन् ।

क्याम्पमा यस क्षेत्रका करिब २५ सय ई रिक्सा सहभागी गराउने लक्ष्य रहेको डेल्टाको नेपालका लागि अधिकृत विक्रेता बतास अर्गनाइजेसन अन्तर्गत त्रिथुंगा ट्रेडिङ कन्सर्न प्रालि काठमाडौंका नगेन्द्र खनालले बताए । खनालका अनुसार डेल्टा ब्याट्री विशुद्धरुपमा ई रिक्साकै लागि बनाइएको र सबैभन्दा गुणस्तरीय ब्याट्री हो । ट्युबलर प्लेट र भारबहन क्षमता बढी भएकाले यो ब्याट्री फूलचार्जमा जति एम्पायर क्षमताको हो त्यति नै गुड्छ ।

६ महिना ग्यारेन्टी र १ वर्ष वारेन्टी भएको ब्याट्रीमा निशुल्क कयाम्प अवधिभर २५ सय रुपैयां छुट दिइएको एसएमएस ट्रेडर्स बुटवलका संचालक सुवेदीले बताए । दक्ष मेकानिकको उपस्थितिमा पहिलोपटक गरिएको निशुल्क क्याम्पबाट ई रिक्सा चालक र व्यवसायी दुबैलाई फाइदा पुगेको र आगामी दिनमा पनि निरन्तरता दिइने लुम्बिनी ई रिक्सा यातायात व्यवसायी संघका महासचिव प्रेम थापा मगरले बताए ।