
बुटवल, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)जिल्ला समिति, रुपन्देहीले माघ ५ गतेदेखि रुपन्देहीमा तीन महिने अभियान सञ्चालन गर्ने भएको छ । पार्टी, रुपन्देहीको आज बुटवलमा बसेको जिल्लाको विस्तारित बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टीले घोषणा गरेको तीन महिले संगठन विस्तार जनपरिचालन अभियान अन्तरगत रुपन्देहीमा अभियान सञ्चालन गर्ने भएको हो । बैठकले इलाका, नगर र गाउं स्तरसम्म प्रशिक्षण, भेला, बैठक, कोण सभा, भित्ते लेखन लगायत संघर्षका कार्यक्रमलाई अगाडि बढाउंने निर्णय गरेको सो पार्टीले जनाएको छ ।
पार्टी अबध राज्य समितिले माघ १४,१५ र १६ गते कपिलबस्तुको चनौटादेखि नवलपरासीको गैडाकोटसम्म मोटरसाईकल ¥याली निकाल्ने र चैत ५ गते बुटवलमा राज्यस्तरको सभा गर्ने सो पार्टीले जनाएको छ । जिल्ला समिति विस्तारित बैठकको उद्घाटन गदैं पार्टी केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले दलहरुले जारी गरेको संविधानले मुलुकमा समस्या बल्झाउंने काम गरेको भन्दैं संविधान खारेजीमा जोड दिनुभयो ।
अबध राज्य समितिका इन्चार्ज समेत रहनुभएका सुवेदीले पहिचान र सामथ्र्यका आधारमा राज्यको पुर्नसंरचना हुनुं पर्ने भन्दैं नयां जनवादी क्रान्तिका लागि क्रान्तिकारी पार्टीबीच धु्रबिकरण गर्नु बताउंनुभयो ।
पार्टी, रुपन्देहीका संयोजक भुलबहादुर सुनारीको अध्यक्षता, सचिवालय सदस्य के.जी.कुमार पौडेलको सञ्चालनमा भएको बैठकमा रुपन्देही इलाका नं १ का सेक्रेटरी ऋषिराम लामिछाने, २ का इन्चार्ज आरपी. शर्मा, ३ का सेक्रेटरी राजु भुजेल, ४ का इन्चार्ज बिनोद मरासनी, ५ का सेक्रेटरी गिरबहादुर थापा, ६ का इन्चार्ज मुजिव अलि, आर्थिक विभाग प्रमुख खुमानन्द भुसाल लगायतले बोल्नु भएको थियो ।