संविधान संशोधनको विरुद्वमा गुल्मी बन्द आह्वान

1.3K

संविधान संशोधनको विरुद्वमा गुल्मी बन्द आह्वान

बुटवल, २६ पुस । गुल्मी जिल्ला भोलि बुधबार वन्द हुने भएको छ । संविधान संशोधन प्रस्ताव विधेयकको विरुद्वमा आन्दोलन गदै आएको संयुक्त संघर्ष समितिले गुल्मी बन्द आह्वान गरेको हो ।

शैक्षिक संस्था बाहेक यातायात, उद्योग धन्दा, कलकारखाना बन्द हुने संयुक्त संघर्ष समिति गुल्मीका अध्यक्ष भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बन्द विहान सात बजे देखि साझ ५ बजे सम्म हुने संघर्ष समितिले जनाएको छ । भोलि गुल्मीको सदरमुकाम तम्घासमा हुने आमसभामा नेकपा एमालेका नेता एवं पुर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डे लगायतका नेताहरुले संबोधन गर्ने कार्यक्रम रहेको छ ।

सरकारले मंसिर १४ गते संविधान संशोधन प्रस्ताव दर्ता गरे संगै गुल्मीमा चलेको आन्दोलन २० औं दिनमा स्थगित भएको थियो । आन्दोलनको क्रममा तम्घासमा झडप हुदा दर्जनौ नेता कार्यकर्ता घाइते समेत भएका थिए ।