पाल्पा, २६ पुस । बुधबारबाट सुरु हुने प्रथम रामपुर महोत्सव तथा व्यापार मेला २०७३ को तयारी पूरा भएको छ ।
रामपुरमा आज पत्रकार सम्मेलन आयोजना गरी मेलामा दुई सय व्यापारिक स्टलहरु, २६ वटा होटल तथा रेष्टुराँ, चारवटा अटोमोबाइल्स, एउटा फोटो प्रदर्शनी कक्ष रहेन जानकारी दिइयो ।
‘शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, पर्यटन र उद्योगको पूर्वाधार ः रामपुर क्षेत्रको विकासको आधार’ भन्ने नारासहित आगामी माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको भोलि उदोगमन्त्री नवीन्द्रराज जोशीले उद्घाटन गर्नुहुने रामपुर उद्योग वाणिज्यका अध्यक्ष एवम् मेला महोत्सव मूल आयोजक समितिका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले जानकारी दिनुभयो ।