टीआर बस्याल/
बुटवल, २६ पुस । मस्याम गाविस–२ पाल्पाकी गिता भण्डारी जिल्लामै पहिलो पटक कागती खेतीको सुरु गरेकी छिन् ।
परम्परागतरुपमा गर्दै आएको अन्नवालीले आम्दानीको स्रोत राम्रो नभएपछि उनले कागती खेती सुरुवात गरेकी हुन । पहाडी जमीन भिरालो पाखो जमिन सिंचाईको समस्या लगाएत धेरै समस्या भोग्दै आएकी भण्डारी अहिले भने कागती खेतीबाट मगन्ने आम्दानी हुने गरेको बताउने गरेकी छिन् ।
मकै गहुँ, फापर, आलु लगाएत अन्य खेती गर्दै आएकी उनलाई पछिल्लो समय जंगली बाँदर नाश गरिदिएपछी र अर्को तर्फ मृग र खरायोले खाइदिएर समस्यामा परेकी थिइन् । भण्डारीले भनिन् पहिले–पहिले बसाईसरार्ई गरी अन्यन्त्र जाने सोच बनाइकी थिएँ, तर त्यो सोचले गती लिन सकेन् । नयाँ सोचका साथ केही गर्छु भनेर लागे पछि तरकारी खेती, फलफुल खेती अन्नबाली सबै गरियो नत आम्दानी नै भयो नत निर्वाहनै श्रीमान् अस्थाई शिक्षकको आम्दानीलेनै सामान्य गुजरामात्रै चल्यो । तर खासै प्रगती गर्न सकिन् ।
त्यसपछि के ब्यवसाय गर्ने हो धेरै समय सोच बनाए । एक दिन आफैमा सोच आयो कागतीको खेती गर्ने, उनले भनिन मेरा ससुरा बुवाले ३० बर्ष अगाडि लगाएको कागतीको बोटबाट राम्रो आम्दानी दिएको यसको खेतीलाई नै प्राथमिता दिएर अगाडि बढ्छु भन्ने लाग्यो र चार वटा कागतीका बेर्ना आफै उत्पादन गरेर घर वरिपरि लगाए र विचार गरे दुई बर्षमै राम्रो फल लाग्न थाल्यो र आम्दानी दिन थाल्यो त्यो पनि मैले सोचे भन्दा बढी त्यसपछि यसको ब्यापक बिस्तार गरी ब्यवसास गर्नु पर्छ भनी सोच आयो ।
जंगली पशुपक्षीबाट पनी बचाउन सकिने, बजारमा माग पनि र भाउको पनी खासै समस्या नरहेको कारण कागती खेती आम्दानीको दह्रो स्रोत बनाउन सकिने भण्डारीको ठहर बन्यो । आफुले उत्पादन गरेको कागतीले बजार मूल्य पनि राम्रो पाएको छ । बजारको लागि टाढा लानु पनि परेको छैन । स्थानीय तरकारी संकलन केन्द्रमा बिक्री गर्ने गरेके छु, हप्ता दशदिन सम्म पनी नबिग्रिने भएकाले पनी कागती खेती तरकारी खेती भन्दा राम्रो भएको बताइन् ।
चार बर्ष अगाडि लगाएको कागतीले तीन बर्षमै एउटै बोटबाट चार हजार दाना लाग्यो १० हजार आम्दानी दियो चार वटै बोटबाट ४० हजार आम्दानी गर्न सफल भएँ । अव मेरो पाखो जमीनभरी कागती खेती गर्छु भनी ८ रोपनी अरु पाखो बारीमा २ सय ५० वटा कागतीको आफै विरुवा उत्पादन गरेर लगाएकी छु, अव एक बर्षमा राम्रो आम्दानी दिन सक्छ । एक कागतीको बोट बाट बार्षिक १० हजार आम्दानी भए अनुसार २५ लाख बार्षिक आम्दानी गर्न सकिने र बार्षिक १६ लाख बचत गरी जिल्लामै नमुना किसानको रुपमा परिचित बनाउने भण्डारीको योजना छ ।
मेरो सबै आफ्नै प्रयास र अनुभव बाट कागती खेतीको सुरु गरेको छु र सफल पनि भएकी छु । अहिले कृषि कार्यालयका प्राबिधिकहरु पनी म कहाँ आउने गरेका छन् कसरी गर्नु भयो भनेर चकीत परेर सोध्ने गरेका छन् भने बिभिन्न गैर सरकारी संस्थाले पनी आफुलाई अनुभव बताउन लगाउने गरेको छ । निर्धक्क भएर बताउने गरेको छु । उनलाई सफल कृषक उद्यम भनेर दायित्व अभियान काठमाडौँले पनि २५ हजार नगत पुरस्कार मार्फत सम्मान गरेको थियो ।
मैले कागतीको बोटको स्याहार सुसार आफै गर्छु । अहिलेको सिसजमा पानी त पुगेको छ तर सुक्का याममा बढि पानीको आवश्यता पर्ने र पानीको समस्याले बोट फल बचाउन समस्या भएको छ । अव बर्षातको पानी संकलन गर्ने प्लास्टीक पोखरी बनाउने सोच बनाइकी छु त त्यसपछि अरुको जग्गामा पनी कागती खेती गर्ने सोच छ । बजारमा स्थानीय जातको कागतीको माग अत्याधिक हुने र आफुहरुले माग बमोजिम आपुर्ति गर्न नसको गिताको भनाई छ ।
अहिले बहुउपयोगी कागतीको माग बुटवल, पोखरा लगाएतका बजार माग भएको बताइन । उनले बजारको समस्या नरहने भन्दै कागतीका अचार लगाएतका परिका बनाए र देश बिदेश लाने सोच उनको छ । अव मेरा पतिदेवलाई शिक्षण पेशा छाडेर यही पेसा आउन आग्रह गरेके छु हुन्छ भन्नु भएको छ । अव श्रीमान् श्रीमती दुवैले कागती खेतीगर्ने सोचका अगाडी बडेका छौ । त्यसमा साथ दिन कक्षा १२ मा अध्ययन गरेका छोरा पनी साथ दिएको छ म निकै हर्षित भएको उनको बताइन ।
कागती फुल्दा असिनापानी तथा बतासले पनी अरु फलफुलको जस्तोगरि फुल नझार्ने र झारे पनि फेरि फुलीहाल्ने फल लागिहाल्ने भएकाले पनी यो स्थानीय जातको कागतीको उत्पादन गर्न सहज हुने र तराईमा यो जातको कागती नपाइने गर्दा हुदाँ समस्या नभएको सल्लाह उनको छ । अहिले धेरैका श्रीमान बिदेश जाने र श्रीमतीहरु बजारमा छोराछोरी बोर्डिङ्ग पठाउने गर्दा गाँउको उर्भर जमिन खेर गएको र बैदेसिक रोजगारीले सामाजिक समस्या पनी बठाएको गुनासो गर्दै उनिहरु पनी गाउँ मै बसेर केही गर्नु पर्ने सुझाव दिइन् ।