
भलवारी, २९ पुस । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा क्रियाशील भलवारी जेसीजको नयाँ नेतृत्व चयन भएको छ ।
शाखाको चौधौं अधिवेशनबाट मुक्तिनाथ गैह्रेको नेतृत्वमा वर्ष २०१७ का लागि नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित अध्यक्ष गैह्रे पत्रकारिता तथा शैक्षिक पेशामा आवद्ध हुनुहुन्छ ।
नवनिर्वाचित समितिका कार्यकारिणी उपाध्यक्षमा भगवती पन्थी र चिरञ्जीवी बस्याल हुनुहुन्छ भने उपाध्यक्षमा गोपाल भट्टराई, रामप्रसाद भण्डारी, यमकुमारी पौडेल र सूरज अर्याल रहनुभएको छ । त्यस्तै, नयाँ समितिका सह–सचिवमा लक्ष्मण खनाल र सह–कोषाध्यक्षमा सूरज न्यौपाने विजयी हुनुभएको प्रमुख निर्वाचन आयुक्त प्रकाश पोखरेलले जानकारी दिनुभयो ।
निर्वाचन सम्पन्न भएलगत्तै वर्ष २०१६ र वर्ष २०१७ को संयुक्त बोर्ड बैठकले आगामी माघ १६ गते पदहस्तान्तरणको कार्यक्रम गर्ने निर्णय गरेको वर्ष २०१६ का अध्यक्ष भेषराज पाण्डेयले जानकारी दिनुभयो ।