देवदह जेसीजमा रिमाल

1.3K

देवदह जेसीजमा रिमाल

बुटवल, १ माघ । रुपन्देहीको देवदहमा रहेको देवदह जेसीजको वर्ष सन् २०१७ का लागि नयाँ समिति निर्वाचित भएको छ । स्थानीय युवा बालकृष्ण रिमालको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको हो ।

जेसीजको कार्यकारी उपाध्यक्षमा दामोदर क्षेत्री र विष्णु न्यौपाने, उपाध्यक्षमा विशाल गुरुङ्ग, दुर्गा ढकाल, सोवित रिमाल र राजेन्द्र न्यौपाने, कानुनी सल्लाहकारमा केशव अधिकारी, महासचिवमा सुरेन्द्र अधिकारी क्षेत्री, कोषाध्यक्षमा मिन भट्टराई, सहसचिवमा आनन्द पराजुली, सहकोषाध्यक्षमा एम थापालाई चयन गरेको छ ।

यस्तै जेसीजको सल्लाहकारमा कृष्णदेव भण्डारी हिमाल गैरे, डोलराज भण्डारी, राजेन्द्र बहादुर जिसी रहनु भएको छ भने अध्यक्षको सल्लाहकारमा यकु सुनार दिपक अधिकारी र पुरुषोत्तम कंडेल रहनु भएको छ । जेसीज वर्ष २०१६ का अध्यक्ष विजय गुरुङ्गको अध्यक्षता, केशव अधिकारीको स्वागत र कृष्ण गुरुङ्गको धन्यवाद ज्ञापनमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले जेसीजको नयाँ नेतृत्व लिने युवाहरुले युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासका लागि अग्रसर हुनु पर्ने बताएका थिए ।