रामपुर जादै गरेको बस दुर्घटना

1.3K

रामपुर जादै गरेको बस दुर्घटना

सुवास विश्वकर्मा/
पाल्पा, २ माघ । बुटवलबाट जिल्लाको पूर्वभेक रामपुर जाँदै गरेको रात्रीबस सिलुवा, ४ बैछापमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुटवलबाट रामपुरतर्फ जादै गरेको ना४ख ९२१८ नम्वरंको गाडी गएराति पौने एघार बजे दुर्घटना भएको हो । दुर्घटनामा  रामपुर नगरपालिका, ८ का ३८ वर्षीय लालसिंह थापा र रामपुरकै यमबहादुर थापाको  मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै जनाको उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा आइतबार बिहान ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार २४ जना यात्रुमध्ये २० घाइतेकोे लुम्विनी मेडिकल कलेज प्रवासमा उपचार भएको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनायो । शनिबार राती साढे ११ बजेतिर गुडिरहेको बस अचानक सडकबाट भीरमा खसेको घाइते यात्रुले बताए ।

उपचारका लागि प्रभासमा पठाइएको छ । बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।