दीर्घायुद्वारा अग्नी पीडितलाई खाद्यान्न वितरण

1.3K

दीर्घायुद्वारा अग्नी पीडितलाई खाद्यान्न वितरण

मिना पौडेल/
देवदह, २ माघ । दीर्घायु नेपाल देवदह शाखा रुपन्देहीले अग्नी पीडित परिवारलाई खाद्यान्न वितरण गरेको छ । संस्थाले देवदहको भलुही गैरी गाउस्थित सुकुम्बासी बस्तिमा रहेको एक परिवारलाई खाद्यन्न वितरण गरेको हो ।

गत पुस २९ गते सोही स्थानमा विद्युत सट भएर झिल्के परियार र कुमकुम परियार दम्पतिको घर जलेर नष्ट भएको थियो ।  दीर्घायु नेपाल संस्थाले केही भएपनि राहत महसुस होस भनी पीडित परिवारलाई दाल, चामल, तेल, नुन लगायतका खाद्यन्न वितरण गरेको संस्थाले जनाएको छ ।

चार जनाको परिवार बस्दै आएका परियारको घरमा अब्यस्थीत रुपमा विद्युत तार तानिएकाले विद्युत सट भएको र खरको छानो भएका कारण आगो लागेको देवदह प्रहरी चौकीले जनाएको छ । कार्यक्रममा दीर्घायु नेपालका केन्द्रीय कोषाध्यक्ष शोभाखर बन्जाडेले ्िपीडित परिवारलाई सहयोग ५ पाता जस्ता पाता उपलब्ध गराउने जानाकारी दिनुभयो ।

दीर्घायु नेपालका संस्थापक लक्ष्मीकान्त पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा  दीर्घायु नेपाल केन्द्रिय कार्यालयका संयोजक गोविन्द ज्ञवाली, देवदह शाखाका अध्यक्ष खेमनारायण अधिकारी, स्थानिय समाजसेवि केशव पराजुली, आत्मरक्षा बचत तथा ऋण सहकारीको अध्यक्ष लेटबहादुर पुन लगायतले भनाई राख्नुभएको थियो ।

कार्यक्रम संस्थाका महासचिव सरस्वति बस्यालको संचालनमा सम्पन्न भएको थियो ।