फोहोर फाल्नेलाई पांच सय जरिवाना !

1.3K

फोहोर फाल्नेलाई पांच सय जरिवाना !

ललित पाण्डेय/
सैनामैना, २ माघ । बुटवल  उपमाहानगरपालिका वडा न १४ र १७ मा पर्ने दानव पुलको आपसपासलमा वर्षाै देखि स्थानिय तथा बाहिरबाट फोहोर फाल्दा यस क्षेत्र डम्पिङ्ग साईड बन्दै गएको छ ।

फाहोरले ढकमक हुदा समेत यस सम्बन्धित निकायको फोहोर मैला ब्यवस्थापनमा भने ध्यान पुग्न सकेको छैन् । यस क्षेत्रमा थुप्रीएको फोहोर वर्षायाममा बाढीले बगाउने गरे पनि  हिउदमा पानी सुक्ने भएकाले अहिले फोहोर थुप्रिए दुर्गन्ध फैलिने अवस्था आएको थियो ।

दुर्गन्ध फैलिन थालेपछि आसपासको क्षेत्रको जनजीवनमा समेत प्रभावित हुन थाले पछि विभिन्न संघ सस्थाको सक्रियतामा हिजो  सरसफाई गरिएको छ । रुपन्देही ब्यापार संघ सेमलार शाखाको सक्रियता तथा मैदिया नमुना टोल बिकास समिति, हरियाली टोली विकास संस्था, रतनपुर टोल विकास संस्था र सेमलार खानेपानी तथा सरसफाई संस्थाको साथमा स्थानियको ब्यापक सक्रियतामा शनिबार माघे स्रकान्तीको अवसरमा सो क्षेत्रमा सरसफाई गरिएको हो ।

फोहोर कुहिएर दुग्रन्ध फैलिन थालेपछि रोगको माहामारी फैलिन लाग्दा समेत उपमहानगरपालिकाको ध्यान पुग्न नसकेको प्रती स्थानियको गुनासो रहेको छ । स्थानियको निर्णय अनुसार यस क्षेत्रमा कसैले फोहोर जथाभावी फाल्ने गरेको पाईएमा पहिलो पटक पांच सय रुपैया जरिवाना गरिने रुपन्देही ब्यापार संघको कार्यसमितिका सदस्य नगेन्द्र आर्चायले जानकारी दिनु भएको छ ।

संघ सस्था तथा स्थानियको पहलमा नदी सफा र स्वच्छ राख्ने निर्णय भएको आर्चायले जानकारी दिनु भयो ।