जनमुक्ति पार्टीद्वारा रक्तदान

1.3K

जनमुक्ति पार्टीद्वारा रक्तदान

बुटवल, ४ माघ । राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति, रुपन्देहीले आज बुटवलमा रक्तदान गरेको छ । पार्टीको २६ औं स्थापना दिवसको अवसरमा पार्टीले रक्तदान गरेको हो ।

रक्तदान कार्यक्रम रक्तदान गरेर पार्टी, रुपन्देहीका अध्यक्ष झमबहादुर गुरुङले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पार्टी, रुपन्देहीका सचिव चित्रप्रसाद गुरुङ, आदिवासी जनजाति पत्रकार मञ्च–नेपालका अध्यक्ष टेकबहादुर मास्कीराना, राष्ट्रिय युवा संघ, रुपन्देहीका अध्यक्ष हेमन्त थापा लगायत ५० जनाले रक्तदान गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा जिल्ला अध्यक्ष झमबहादुर गुरुङ, सचिव चित्रप्रसाद गुरुङ, संघीय परिषद् सदस्य छत्र दर्लामी, नेपाल आदिवासी जनजाति महासंघ, रुपन्देहीका उपाध्यक्ष बिमला गुरुङ,पार्टीका वरिष्ठ उपाध्यक्ष मधु राना लगायतले बोल्नुभएको थियो ।

२०४७ साल माघ ६ गते स्थापाना भएको पार्टीले ६ गते शंकरनगर बनबाटिकामा दिवस मुल कार्यक्रमको आयोजना गरि २६ औं पार्टीको स्थापना दिवस मनाउंदैंछ ।