बालिका बलात्कारको अभियोगमा मुद्दा दायर

1.3K

बालिका बलात्कारको अभियोगमा मुद्दा दायर

बुटवल, ६ माघ । १४ वर्षीय बालिकालाई ललाई फलाई करणी गर्ने व्यक्तिलाई प्रहरीले जवरजस्ती करणीको मुद्दा दायर गरेको छ ।

रुपन्देही बगाहा गाउँ बिकास समिति वडा नं. १ बस्ने २० वर्षीय पिन्टु सुफियान अहमद खानलाई १४ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरि जवरजस्ती करणीको मुद्दा दायर गरेको हो । अभियुक्त खानले १४ वर्षीय बालिकालाई गत पुसको २९ गते ललाई फलाई वेपत्ता गराएको र अभिभावकको निवेदन र सहयोगमा गत मंगलबार प्रहरीले पक्राउ गरेको थियो ।

पीडित बालिकाको आमाको जाहेरी दरखास्तको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जवरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरी अदालतबाट बुधबार म्याद थप समेत गराएर प्रहरी हिरासतमै थप अनुसन्धान अंगाडी बढाएको प्रहरीले जनाएको छ ।