
बुटवल, ६ माघ । नेकपा (माओवादी) रुपन्देहीको पाँचौं जिल्ला सम्मेलनले संसदीय व्यबस्था विरुद्धको संघर्षलाई सशक्त बनाउने निर्णय गर्दै जिल्ला सेक्रेटरीमा शरद वली सहित ४५ सदस्यीय समिति चयन गरेको छ ।
जिल्ला सम्मेलनले आगामी फागुन १ देखि काठमाण्डौमा हुने आठौं राष्ट्रिय महाधिवेशनलाई सफल पार्न जिल्ला तहबाट गर्नुपर्ने कामहरु सशक्त रुपमा गर्ने पनि निणय गरेको छ । त्यस्तै राष्ट्रियता, जनतन्त्र र जनजिविकाको आन्दोलनलाई सशक्त बनाउने, एकिकृत जनक्रान्तिको कार्यदिशामा देशभक्त राष्ट्रवादी शक्तिहरु, उत्पिडित समुदायलाई गोलबन्द गर्दै अँगाडी बढ्ने कार्यदिशा लिएको सेक्रेटरी वलीले जानकारी दिनुभयो ।
बुधबारदेखि बुटवलमा शुरु भएर आज सकिएको जिल्ला सम्मेलनमा एक सय बढी आयोजक, दुई सय प्रतिनीधि तथा प्रयावेच्छेक सहभागी थिए ।