फेवा बैंकको मुनाफा साढे २८ करोड

1.3K

फेवा बैंकको मुनाफा साढे २८ करोड

बुटवल, ६ माघ । फेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकमा संचालन मुनाफा गत वर्ष सोही अवधिको तुलनामा ६५ प्रतिशतले वृद्धि गरेको छ ।

उक्त बैकले अघिल्लो वर्षको तुलनामा ६५ प्रतिशत बढी २८ करोड ५३ लाख रुपैंया सञ्चालन मुनाफा आर्जन गरेको बैंकले जनाएको छ । त्यस्तै निक्षेपमा गत वर्ष सोही अवधिको तुलनामा २० प्रतिशतले वृद्धी गरी १२ अर्ब ५९ करोड र कर्जातर्फ गत वर्ष सोही अवधीको  तुलनामा २६ प्रतिशतले वृद्धी गरी ११ अर्ब १४ करोड पु¥याएको छ ।

कर्जा निक्षेप तथा पूँजीकोष अनुपात ७८.१७ प्रतिशत र तरलता अनुपात २५.६७ प्रतिशत कायम रहेको छ । बैंकको निष्कृय कर्जाको मात्रा पनि गत वर्षको तुलनामा न्यून रहेको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताउनुभयो ।

बैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा २९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजना साथै एबिबिएस एटिएम, एसएमएस बैकिङ् सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यास सेवा, प्रधान कार्यालय लगायत केही शाखाबाट ३६५ दिन बैकिङ् सेवा तथा सन्ध्याकालिन सेवा प्रदान गर्दै आएको छ । त्यस्तै न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकसँग गाभ्ने र गाभिने सम्बन्धमा नेपाल राष्ट्र बैकमा निवेदन दिइएकोमा नेपाल राष्ट्र बैकवाट सैद्धान्तिक सहमती पत्र आइसकेको र दुवै बैकको साधारण सभाले पनि एक आपसमा गाभ्ने/गाभिने सम्वन्धी विशेष प्रस्तावलाई समेत सर्वसम्मत रुपमा पारित गरिसकेका छन् ।

सभाले बैंकको केन्द्रीय कार्यालय नेपाल राष्ट्र बैंकको स्वीकृती लिई काठमाडौं महानगरपालिकामा स्थानान्तरण गर्ने र मर्जर पश्चात कायम हुनेचक्तापूँजी रु १ अर्व ८४ करोडकोे २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।