सूर्यपुरामा कम्बल वितरण

1.3K

सूर्यपुरामा कम्बल वितरण

बुटवल, ७ माघ । जिल्ला दैवी प्रकोप उद्धार समिति रुपन्देहीको संयोजनमा सूर्यपुरा नमूना गाउँ बिकास समितिमा अति विपन्न परिवार तथा सुत्केरीलाई कम्बल वितरण गरिएको छ ।

कुल ६० थान कम्बल र बच्चाहरुका लागि न्यानो कपडा वितरण कार्यक्रममा रेडक्रस रुपन्देहीबाट ३० थान कम्बल उपलब्ध गराइएको थियो । यस अघि नेपाल अविनाश अनाथ आश्रम, तिलोत्तमा २० कोटीहवाका अनाथहरुका लागि २० थान कम्बल वितरण भईसकेको नेपाल रेडक्रस सोशाईटी रुपन्देहीले जनाएको छ ।

कार्यक्रममा रेडक्रसका केन्द्रीय उपाध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपाल, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, रेडक्रस रुपन्देहीका सभापति प्रेमलाल उदास, मन्त्री कृष्ण पंगेनी, महिला बाल अधिकार जिल्ला संजाल रुपन्देहीका संयोजक ज्ञानु पौडेल, महिला बालबालिका कार्यालयका निमित्त प्रमुख सुभद्रा गौतम, अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्ण ज्ञवाली, सूर्यपुरा नमूना गा.वि.स सचिव टुकराज पाण्डे, परियोजना अधिकृत घनश्याम पौडेल, फिल्ड अधिकृत महेश्वर गौतम, जिल्ला शाखा अधिकृत कृष्ण मल्ल लगायतले कम्बल वितरण गरेका थिए ।