
अर्जुन ज्ञवाली/
बुटवल, ८ माघ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले मुलुकलाई कामदार निर्यात गर्ने देश बनाउन नहुने बताउनुभएकोछ । उहाले भन्नुभयो “हामी नेपाली पैसा कमाउन खाडीमा होइन, खेतमा जानुपर्छ ।” बुटवल जेसीजको ४३ औं पदस्थापना समारोहलाई सम्बोधन गदै गर्भनरले भन्नुभयो “ मुलुकका नौजवान युवाहरु जवानीमा विदेश पलायन हुने अनि मर्ने बेलामा नेपाल फर्कने सस्कार बन्द गर्नुपर्छ र नेपालमा पौरख गरी आफै मालिक बनेर नेपाललाइ समृद्ध बनाउनुपर्छ ।
गर्भनर नेपालले कृषि प्रधान देशमा अरबौको फलफुल तथा तरकारी आयत गर्नुपर्ने बाध्यता हुनु लाजमर्दो अवस्था भएको औल्यादै कमसेकम कृषिमा सक्षम हुनको लागि सम्पुर्ण युवाहरु विदेश जानको लागि लाइनमा बस्ने होइन, कषिमा उद्यम गर्न आग्रह गर्नुभयो । ब्यावसाय गर्नको लागि राज्यले दिएको सहुलीयत लिन लाइन बस्न आग्रह गर्दै गर्भनर नेपालले भने घरघर आगनआगनमा बैंकहरु गएकाछन, तिनीहरुको भरपुर्ण उपयोग गरी मालिक बन्न अग्रसर हुनुपर्नेमा जोडदिनुभयो ।
डा. नेपालले बैंक तथा वित्तिय संस्थालाई जनताको पैसामा राम्रो ब्याज दिए मात्र जनताको जिवनस्तर माथि उठ्ने हुदा बैंक तथा वित्तिय संस्थाहरुले बचतमा समय सापेक्ष ब्याज दिनुपर्ने बताउनुभयो । स्वतन्त्र मानिसको ब्यावसायिक स्वतन्त्रताद्धारा समृद्ध हासिल गर्न सकिन्छ भनेर जेसीजले सिकाउने हुदा आजका १८ देखि ४० बर्षका युवाहरुले आजैबाट देशमा उद्धम ब्यापार गर्न शुरु गरेमा देशमा आमुल परिवर्तन हुन धेरै समय कुर्नुनपर्ने गर्भनरले उल्लेख गर्नुभयो । गर्भनर नेपालले जेसीजमा लाग्नेहरु सकारात्मक सोच भएका र उद्यमशिलतामा लाग्ने हुनुपर्नेमा जोड दिनुभयो ।
पदस्थापना समारोहमा बुटवल जेसीजका नवनिर्बाचित अध्यक्ष राजेन्द्र घिमिरेले बर्ष २०१६ का अध्यक्ष राजु पौडेलबाट अध्यक्षको जेसीज चेन ग्रहण गर्नुभएकोथियो । त्यस्तै कार्यकारी उपाध्यक्ष बिक्रम केसी र कमल देवकोटा तथा उपाध्यक्ष अर्जुन ज्ञवाली, चन्द्रमणी भुसाल, अर्जुन खनाल र सुन्दर थापा क्षेत्री एवम् महासचिव यम प्रसाद तिवारी, कोषाध्यक्ष हरि बिक्रम कुँवर, कानुनी सल्लाहकार राजीव गौतम, सह सचिव राजिव खनाल र सह कोषाध्यक्ष तेजलाल आचार्य ले बर्ष २०१६ का सम्बन्धीत पदाधिकारीबाट पदभार गहण्र गर्नुभएको थियो ।
साथै नवनिर्वाचित अध्यक्ष राजेन्द घिमिरेले अध्यक्ष सल्लाकारमा राजेन्द्र बहादुर जिसी, गोपाल प्रसाद चापागाई र गंगाराज सापकोटालाइ मनोनित गर्नुभएको छ । त्यस्तै सल्लाकारमा दिनेश श्रेष्ठ, गणेशचन्द्र पोख्ररेल, बिनोद ज्ञवाली, दिनेश प्रसाद श्रेष्ठ, गोपाल प्रसाद अधिकारी, मदन कट्टेल तथा बिषेश सल्लाहकारमा अनुपमान सैन्जुलाइ मनोनित गर्नुभएकोछ ।
त्यस्तै बर्ष २०१७ का निर्देशकहरुमा क्रमशः ग्रोथ निर्देशकमा अर्जुन गौतम, थिम निर्देशकमा बालकृष्ण पाण्डे, शाखा सम्पादनमा नरदेव न्यौपाने, मनोरन्जन निर्देशकमा दिनेश खड्का, पास्ट मेम्वर निर्देशकमा जनक दमासे, जनता सम्बन्ध निर्देशकमा छाँया पोख्रेल, सचिवालय ब्यवस्थापन निर्देशकमा कमल शर्मा, तालिम निर्देशकमा रमेश अर्याल रहनु भएको छ ।
त्यसैगरी हल ब्यवस्थापन निर्देशकमा दिपक प्रसाद चापागाइ, सेवा निर्देशकमा गणेश कंडेल, स्वास्थ्य निर्देशकमा माधव खनाल, बिजिनेश निर्देशकमा धु्रव खनाल, एलजीओ आइनजिओ निर्देशकमा बिनोद धिमिरे, सुचना प्रविधी निर्देशकमा फर्सुराम भट्टराई रहनु भएको छ । त्यस्तै सन्चार निर्देशकमा चन्द्रप्रकाश(सिपी) खनाल, लेखा निर्देशकमा रविन कुमार कार्की, साहित्य निर्देशकमा प्रकाश शर्मा, बिमा निर्देशकमा आषिश घर्ती, फन्ड राइजिङ्ग निर्देशकमा धु्रवराज अर्याल र खेलकुद निर्देशकमा बिष्णु पुरी मनोनित हुनुभएकोछ ।
यसअघि कार्यक्रममा बुटवल जेसीजले प्रदान गर्ने उत्कृष्ठ युवा प्ररस्कारबाट लाल बहादुर पुनलाइ सम्मानित गरिएको थियो । साथै बर्ष २०१६ मा बुटवल जेसीजको उत्कृष्ट कार्यसम्पान निर्देशकमा अर्जुन ज्ञवाली र उत्कृष्ट कार्यक्रम संयोजकमा चन्द्रमणी भुसाललाइ पुरस्कृत गरिएको थियो ।
गंगाराज सापकोटाको स्वागत, राजिव गौतमको धन्यवाद, गोपाल प्रसाद अधिकारीको सन्चालन रहेको कार्यक्रममा जेसीजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष बिनोद सुबेदी, प्राध्यापक गोपाल प्रसाद पाण्डे, हिरा खत्री, बाबुराम पाण्डे लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।