
डोलबहादुर विक/
पाल्पा, ८ माघ । पाल्पाको जल्पा गाविस–३ साठिठ्कोलका मृगौला पीडित नारायण सारुलाई मलेसियामा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
मृगौला फेल भएर दुई महिनादेखि काडमाण्डौको शिक्षण हस्पिटलमा उपचार गराईरहेका सारुलाई मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले ७५ हजार दुई सय ८१ रुपैया सहयोग गरेका हुन् ।
सारुको उपचारका लागि मलेसियामा कार्यरत नेपालीहरुसँग आर्थिक सहयोगको लागि अपिल गरेर जम्मा भएको रकम पीडित सहयोग गरिएको मलेसियामा कार्यरत लिलाम्बर रखालले जानकारी दिनुभयो । सहयोग रकम उहाँकी श्रीमती खिमी सरा सारुले बुझ्नुभएको छ ।