रोटरीले गरेका प्रोजेक्टहरुको समिक्षा

1.3K

रोटरीले गरेका प्रोजेक्टहरुको समिक्षा

बुटवल, ८ माघ । रोटरी ईन्टरनेशलन डिष्ट्रिक ३२९२ नेपाल–भुटानमा आवद्ध रोटरी क्लवहरुले ईन्टर सिटि मिटिङ् गरेका छन् । आज बुटवलमा भएको उक्त मिटिङ्मा रोटरीले अहिलेसम्म सञ्चालन गरेका प्रोजेक्टहरुको बारेमा समिक्षा गर्नुको साथै क्लव क्लवले गरेका गतिबिधि र अनुभव साटासाट गरिएको रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष नविन श्रेष्ठले जानकारी दिनुभयो ।

आईसिएम कोर्डिनेटर डा. आरसी आचार्यको संयोजनमा भएको कार्यक्रममा उक्त डिष्ट्रिकमा आवद्ध रोटरी काठमाण्डौ, बुटवल, लुम्बिनी सिद्धार्थनगर, बुटवल साउथ, पाल्पा तानसेन, बुटवल डाउनटाउन, काठमाण्डौ मेट्रो, तिलोत्तमा रुपन्देही, रुपन्देही, कपिलबस्तु, सेन्ट्रल बुटवल, सेन्ट्रल लुम्बिनी, कपिलबस्तु मिडटाउन, मनिग्राम, भैरहवा, देवदह र तिनाउ बुटवल सहभागि थिए ।

उनीहरुले अन्तर क्लवले गरेका कार्यक्रमहरु प्रस्तुत गर्नुका साथै समिक्षा समेत गरिएको उहाँले जानकारी गराउनु भयो । उक्त कार्यक्रममा तिलोत्तमा रुपन्देहीका अध्यक्ष नविन श्रेष्ठले तिलोत्तमा रुपन्देहीले प्रत्येक वर्ष होलीको अवसरमा एउटा बिद्यालयमा पेन्टिङ् गर्ने अभियान सञ्चालन गरेको र हालसम्म ६ वटा बिद्यालयमा पेन्टिङ् गरिसकिएको जानकारी गराउनु भएको थियो ।

उक्त क्लवले यो वर्ष बुटवल ८ को तिलोत्तमा माबिमा होली मिलनको कार्यक्रम तय गरिसकेको छ ।