मुक्ति मोर्चामा नयां नेतृत्व

1.3K

मुक्ति मोर्चामा नयां नेतृत्व

पाल्पा, ९ माघ । अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा–नेपालको दोस्रो राष्ट्रिय भेला नयां नेतृत्व चयन गरि आज पाल्पाको तानसेनमा सम्पन्न भएको छ ।

भेलाले निलबहादुर पुनमगरको अध्यक्षतामा ३१ सदस्यीय नयां कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भिमबहादुर श्रीसमगर, भरत बुर्जामगर, तेजकुमारी थापामगर, महासचिव अर्जुन त्ररामुमगर, सचिवमा पदम लामिछानेमगर, कपिल पुनमगर, कमल घर्तिमगर, कोषाध्यक्ष क्या.शेरबहादुर पुनमगर रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा भक्त थापामगर, रबिलाल रोकामगर, बिष्णु रानामगर, तिलक थापामगर, उर्मिला श्रीसमगर, निमकला पुनमगर ,प्रदिप अस्तामीमगर, हेमन्त घर्तिमगर, कर्णबहादुर पुनमगर र एकबहादुर आलेमगर लगायत ३१ जना रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य के.बी.गुरुङ, अखिल नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव नगेन्द्र राई लगायतले शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको थियो । भेलामा ७५ वटैं जिल्लाबाट १ सय ७५ जना प्रतिनीधि र २५ जना प्रर्यवेक्षक सहभागी रहेको थियो ।