शान्ति नमुनामा खेल सप्ताह

1.3K

शान्ति नमुनामा खेल सप्ताह

बुटवल, १० माघ । शान्ति नमुना मा.वि. मणिग्राम रुपन्देहीले यही माघ १९ गते ५८ औँ वार्षिक उत्सव मनाउने भएको छ । वार्षिक उत्सवलाई सम्पन्न गर्न  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा बसेको वैठकले १ सय ४९ सदस्यीय वार्षिक उत्सव मुल समारोह समिति गठन गरेर तयारी थालेको छ  ।

गठित उपसमितिहरुमा निमन्त्रणा उपसमिति, मञ्च व्यवस्थापन स्वयंसेवक परिचालन, खेलकुद, साँस्कृतिक, स्वागत, सरसफाई, सहित्यिक, हाजिरीजवाफ, पुरस्कार व्यवस्थापन, संचार, जलपान, पि.टी प्रदर्शन, विज्ञान प्रदर्शनी, पार्किङ व्यवस्थापन, सरस्वती पुजा, फुड फेस्टिभल र सूचना सम्प्रेसण रहेका छन् ।

यस्तै, हिजोदेखि विभिन्न खेलकुद र अतिरिक्त क्रियाकलापहरु सञ्चालन भइरहेको विद्यालयले जनाएको छ । माघ १५ सम्म विभिन्न क्रियाकलापहरु सञ्चालन गरिने विद्यालयका शिक्षक बिस्वास बरालले जानकारी दिनुभयो ।