
रामप्रसाद भण्डारी/
बुटवल, ११ माघ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै जादा विद्यार्थी संगठनहरुले आफ्नो गतिविधीलाई तिब्रता दिन सुरु गरेका छन् ।
आगामी फागुन १४ गते हुने स्ववियुको निर्वाचनलाई मध्यनजर गरेर नेविसंघले क्याम्पसहरुमा भेला, अन्र्तक्रिया, छलफल सुरु गरेको छ । नेपाल विद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा अन्र्तक्रिया भएको छ । स्वबियु निर्वाचनमा नेपाल विद्यार्थी संघ ईकाइको भुमिकाको बिषयलाई लिएर छलफल भएको हो ।
छलफल कार्यक्रममा नेविसंघका विद्यार्थी नेताहरुहरुले उम्मेदवारको उमेर हकबन्दी हुनु राम्रो पक्ष भएको औल्याए । कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका विद्यार्थी नेता सुन्दर अर्यालले स्ववियु निर्वाचनमा ने.वि.संघले विजय प्राप्त गर्ने दावी गर्नुभयो । उहांले विद्यार्थीहरुलाई स्ववियुको निर्वाचनमा क्रियाशिल र संयमित भई लाग्न आग्रह गर्नुभयो ।
इकाई सभापति महेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा इकाई उप–सभापति द्वय दिपक अर्याल, अर्जुन खत्री,सचिव दिपक घिमिरे, सह–सचिव द्वय रविन घिमिरे, लक्ष्मण पाण्डे लगायतले विद्यार्थीको हकहितको लागि स्ववियु निर्वाचनमा नेविसंघ पहिलो कसरी हुन सकिन्छ भन्ने विषयमा आफ्ना भनाई राख्नु भएको थियो ।
