सोनम ल्होछारको अवसरमा रक्तदान

1.3K

सोनम ल्होछारको अवसरमा रक्तदान

बुटवल, ११ माघ । नेपाल तामाङ घेदुङ जिल्ला समिति, रुपन्देहीले आज रक्तसञ्चार केन्द्र बुटवलमा रक्तदान गरेको छ । तामाङ समुदायको महान पर्व (नयां वर्ष)२८५३ औं सोनम ल्होछारको अवसरमा घेदुङले रक्तदान गरेको हो ।

रक्तदान कार्यक्रममा दृष्टीबिहिन पूर्णबहादुर थापामगर, घेदुङका, रुपन्देही सचिव राजेश लामासहित ३० जनाले रक्तदान गर्नुभएको थियो । बुटवल उपमहानगरपालिका वडा नं १७ सेमलार निवासी दृष्टीबिहिन थापामगरले २२ औं पटक रक्तदान गर्नुभएको हो ।

घेदुङका बुटवल नगर अध्यक्ष शम्भु मोक्तानको अध्यक्षता, जिल्ला सचिव राजेश लामाको सञ्चालनमा भएको रक्तदान उद्घाटन कार्यक्रममा घेदुङका केन्द्रीय सदस्य बीरमान लामा, पूर्व केन्द्रीय सदस्य कृष्ण मोक्तान, निवर्तमान जिल्ला अध्यक्ष बिरबहादुर गोङबा, पूर्व जिल्ला अध्यक्ष बिरबहादुर घिसिङ, घेदुङका प्रेस सल्लाहकार टेकबहादुर मास्कीराना लगायतले बोल्नु भएको थियो ।

नेपाल तामाङ घेदुङले सोनम ल्होछार सप्ताह व्यापी कार्यक्रम गरी मनाउदैछ । घेदुङले माघ १४ गते बुटवल–१३, बुद्धनगरमा रहेको छ्यूम्हे ज्याङ लिगं गुम्बामा बुद्ध पूजा, माघ १४, १५ र १६ मा घर घरमा पुजापाठ, माघ १५ गते बिहान ८ बजे पुष्पलाल पार्क देखि दिपनगर(तामाङ कुल पुजा सम्म) ¥याली गरिने तामाङ घेदुङका जिल्ला अध्यक्ष कुमार तामाङले जानकारी गराउनुभयो ।

सोनम ल्होछारकै दिन माघ १५ गते दिपनगरमा रहेको तामाङ कुल पुजा स्थलमा शुभकामना आदान प्रदान हुनेछ ।