बुटवल, १३ माघ । बुटवल १३ कालिकानगर मझुमामा रहेको इन्टलेक्च्युअल एकेडेमीमा आज देखि खेलकुद सप्ताह सुरु भएको छ ।
बिद्यालयको अतिरिक्त क्रियाकलाप अन्तरगत वार्षिक रुपमा सञ्चालन गरिने साताव्यापी खेलकुद प्रतियोगितामा नर्सरीदेखि कक्षा दश सम्मका बिद्यार्थी सहभागि हुनेछन् ।
बिभिन्न उमेर समुह र सदनात्मक कक्षागत रुपमा गराईने प्रतियोगिता अन्तरगत रिले दौड, वेलुन व्लाष्ट, आर्ट, मिठाई दौड, तातो आलु, हाजिरी जवाफ, म्याजिकल दौड, जोडी दौड, क्रिकेट, भलिवल, सटपुट थ्रो, म्याराथुन लगायतका ईभन्टमा बिद्यार्थीलाई प्रतिस्पर्धा गराईने छ ।
सप्ताहव्यापी कार्यक्रमको उद्घाटन बिद्यालयका प्रिन्सीपल ध्रुवराज पन्थीको अध्यक्षता र अतिरिक्त क्रियाकलाप प्रमुख सुरेशकुमार चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमको पहिलो दिन सय, दुई सय र तीन सय मिटर दौड, आर्ट वेलुन व्लाष्ट लगायतका प्रतियोगिता भएको बिद्यालयले जनाएको छ । साताव्यापी कार्यक्रम सुरु भएसंगै बिद्यार्थीले जनचेतनामुलक ¥याली समेत गरेका थिए ।