
लक्ष्मण राना/
बुटवल, १५ माघ । सहिद दिवसको अवसर पारेर रहेको बुटवल–१३, देवीनगरमा रहेको महालक्ष्मी डेण्टल केयर एण्ड डेण्टल कस्मेटिक सेन्टरले निःशुल्क दन्त परिक्षण गर्नुका साथै परामर्श सेवा प्रदान गरेको छ ।
बुटवल–१३ स्थित बुद्धनगरमा रहेको सहिद स्मृति आधारभुत प्राथमिक बिद्यालयको प्राङ्गढमा गरिएको शिबिरमा १ सय ५० बढी सर्वसाधारणले लाभ लिएका थिए । बुटवलको बुद्धनगर, कालिकानगर, बेलबास, देवीनगर, मोतिपुर लगायतका क्षेत्रलाई लक्षित गरि सञ्चालन गरिएको शिबिर तथा परामर्श सेवा कार्यक्रममा मुख तथा दाँत सम्बन्धी विभिन्न रोगहरु पहिचान गर्ने, हल्लिएको तथा काम नलाग्ने दाँत निकाल्ने, सफा गर्ने र दन्त रक्षाका लागि परामर्श प्रदान गरिएको थियो ।
सोही अवसरमा ग्याष्ट्रिक, झाडापखाला, सामान्य ज्वरो आउँदा खाने औषधी पनि निःशुल्क वितरण गरिएको महालक्ष्मी डेण्टल केयर एण्ड डेण्टल कस्मेटिक सेन्टरका सञ्चालक तथा दण्त विशेषज्ञ रितराज खड्काले बताउनु भयो । उक्त कार्यक्रममा दण्त विशेषज्ञ पुष्कर काफ्ले, लालमणि सुवेदी, शिव सिग्देल, सञ्चालक रितराज खड्का, प्राविधिक बिरेन्द्र चौधरीले दाँत तथा मुखको परिक्षण गर्नुभएको थियो ।
त्यस्तै बसन्ती अधिकारी, कोपिला भट्टराई, धनकुमारी थारु, टिका भुसालले प्राविधिक रुपमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा सहिद स्मृति आधारभुत प्राथमिक बिद्यालयका प्रधानाध्यापक प्रकाश गौतमले बिद्यालयमा शिबिर सञ्चालन गरेर त्यस क्षेत्रका सर्वसाधारण नागरिकको निशुल्क दन्त परिक्षण गर्नुका साथै परामर्श सेवा प्रदान गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो ।
आवश्यक भए अन्य ठाउँमा गएर पनि शिविर संचालन गर्न सकिने संचालक खड्काले बताए ।