बुटवल, १७ माघ । योज तमु ह्युल–नेपालको क्षेत्रीय भेला नयां नेतृत्व चयन गरि आज नवलपरासीको बनकट्टीमा सम्पन्न भएको छ ।
भेलाले सुवेदार भुपालसिंह तमुको अध्यक्षतामा १५ सदस्यीय नयां कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा अम्बर गुरुङ, सचिवमा रुकबहादुर गुरुङ, कोषाध्यक्षमा लालबहादुर गुरुङ रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा लिलबहादुर गुरुङ, धनबहादुर गुरुङ, छबिलाल गुरुङ, पूर्णबहादुर गुरुङ, तारादेबी गुरुङ, कृष्णकुमारी गुरुङ, सूर्यबहादुर गुरुङ र कबिराम गुरुङ रहनुभएको छ ।
रिक्त तीन पद पछि चयन गरिने अध्यक्ष भुपालसिंह गुरुङले जानकारी दिनुभयो । नबनिर्वाचित कार्यसमितिलाई समाजका केन्द्रीय अध्यक्ष पञ्चमान तमु, सल्लाहकार क्या.चित्रबहादुर गुरुङ लगायतले शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको थियो ।
भेलामा कपिलवस्तु, रुपन्देही,नवपरासी र चितवनका गरि एक सय पचांस जना प्रतिनीधिको सहभागिता रहेको थियो ।