बुटवल, १७ माघ । मंगोल नेशनल अर्गनाइजेशन पाल्पाको प्रथम जिल्ला अधिवेशन नयां नेतृत्व चयन गरि आज पाल्पाको तानसेनमा सम्पन्न भएको छ ।
अधिवेशनले तुलबिर दर्लामीको अध्यक्षतामा २५ सदस्यीय नयां कार्यसमिति चयन गरेको हो । जसको सचिवमा लालबहादुर दर्लामी, सहसचिवमा हरिबहादुर राना, कोषाध्यक्षमा टोपबहादुर खाम्चा रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा धनिसरा गाहा, टेकबहादुर आले, क्या. रोशन राना, देवप्रसाद श्रेष्ठ, चमेली राना, पुजा राना, बसन्ती थापा, पदम चौहान, पार्वति बुढाथोकी, जानकी पुलामी, सलन चिदी रहनु भएको छ ।
बैकल्पिक सदस्यमा टेक रेश्मी, लोकमाया दर्लामी, थमन रेश्मी, रिता घर्तिमगर, शान्ति सारु, बिक्रम थापा तथा सल्लाहकारमा कृष्ण राना, रनबहादुर पुन, ज्ञानबहादुर जर्घा, बुद्धिलाल टंङनामी, मनबहादुर राना, जितेन्द्र गाहा, टोपबहादुर बि.क. रहनुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई मंगोल नेशनल अर्गनाइजेशनका कार्यवाहक अध्यक्ष बुद्धिलाल मेचे, केन्द्रीय सचिव बीरलाल वालाहाङ, प्रवक्ता थमन बुढामगर, केन्द्रीय सदस्य शानबहादुर मेचे, राजकुमार गुरुङ, कमला थापामगर, दिनेश वान्त्ववा, प्रेम घिसिङ, सोम गुरुङ लगायतले शुभकामना तथा बढाई ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रम पाल्पाका अध्यक्ष तुलबिर दर्लामीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम अघि पाल्पाका विभिन्न ठाउंबाट निस्केको ¥यालीले तानसेन बजार परिक्रमा गरि तानसेन टुडिखेलमा पुगेर सभामा परिणत भएको थियो ।