नयां शक्तिको क्षेत्रीय समिति गठन

1.3K

नयां शक्तिको क्षेत्रीय समिति गठन

भैरहवा, १७ माघ । नयां शक्ति पार्टी नेपाल रुपन्देहीको क्षेत्र नं. २ को भेलाले जमिल अहमद खानको संयोजकत्वमा ३५ सदस्यीय क्षेत्रीय समिति गठन गरेको छ ।

समितिको सहसंयोजकमा दुर्गा विक र विष्णु न्यौपाने रहेका छन् भने सचिवालय सदस्यहरुमा धनेश्वरी चौधरी, दिलिप विक, भीष्म केसी, संजय वजिमय,रामकिसन विक, शान्ता  कंडेल, भुवन पौडेल र गंगाबहादुर सुनार लगायत रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै नयां शक्ति पार्टी रुपन्देहीका इन्चार्ज यज्ञ पोखरेल, संयोजक देबेन्द्र पाण्डे सागर, संगठन विभाग प्रमुख निर्दोष अली लगायतले पार्टीले अंगिकार गरेका सुशासन, सदाचार, समानुपातिक र समावेशिता जस्ता नीतिका कारण पार्टी गठनको छोटो समयमै पार्टीको संगठन विस्तारले तीब्रता पाएको बताए ।

उनीहरुले अबको निर्वाचनमा पार्टीलाई अग्रस्थानमा पु¥याई आर्थिक समृद्धिको सपना पूरा गर्नुपर्नेमा जोड दिए । भेलाले फागुन २० गतेसम्म क्षेत्र नंं २ का सबै गाउं र वडा भेला सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।