मणिग्राममा स्वर्णमहोत्सव महायज्ञ सुरु

1.3K

मणिग्राममा स्वर्णमहोत्सव महायज्ञ सुरु

कविन्द्र नेपाल/
बुटवल, १९ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा सर्वपुराण पारायण साङ्ग गायत्री पुरश्चरण विशिष्ट धन धान्याञ्चल स्वर्ण महोत्सव ज्ञान महायज्ञ बुधबारदेखि सुुरु भएको छ ।

मणिग्राममा अवस्थित सरस्वती पञ्चायतन मन्दिरले आफ्नो ५० औं वर्षमा प्रवेशको अवसरमा स्वर्ण महोत्सव ज्ञान महायज्ञको आयोजना गरेको हो । माघ १९ गते देखि २९ गते सम्म चल्ने ज्ञान महायज्ञको बुधबार श्री १ हजार ८ स्वामी ज्ञाननन्द सरस्वती माहाराजले उद्घाटन गर्नुभएको थियो ।

महायज्ञ उद्धघाटन कार्यक्रममा रोमणीप्रसाद पाठक, कोषप्रसाद भट्टराइ, स्वामि ज्ञानानन्द सरस्वति महाराज, स्वामि बिबेकानन्द महाराज लगायतले सस्ंकृत भाषामा बेद पुराण पनि आधारित भएको हुदा यसको संरक्षण संद्र्धधन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्थापना कालदेखि मन्दिर स्कुल बिध्यापिठ र महायज्ञमा पु¥याएको योगदानको कदर गर्दै बिभीन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । महायज्ञमा सन्त सम्मेलनको समेत अयोजना गरिएको महायज्ञ सम्पादन मुल आयोजक समितिका अध्यक्ष नारायण बन्जाडेले जानकारी दिनुभयो ,। सोही महायज्ञको अवसरमा २७ र २८ गते राष्ट्रिय सन्त विद्वत् सम्मेलन समेत गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

उक्त सम्मेलनमा नेपाल सहित छिमेकी मुलुकका विद्वान सन्तहरु सहभागि हुने र धार्मिक मार्ग दर्शन निर्माण हुने महायज्ञ अनुगमन तथा निर्देशक समितिका संयोजक रोमणीप्रसाद पाठकले बताउनुभयो । त्यसैगरी पडित. नारायणप्रसाद न्यौपानेले श्रीमद्देवी भागवतमा आधारित संगितमण कथा प्रवचन गर्नुहुने महायज्ञमा कथा श्रवण गरि पुण्ड आर्जन गर्न यज्ञ सम्मादन समितले सबैमा अनुरोध गरेको छ ।

यस्तै महायज्ञमा श्री १ हजार ८ स्वामी ज्ञाननन्द सरस्वती माहाराज जी, स्वामी ज्ञानानन्द सरस्वती जी माहाराज लगायतका धर्म गुरुबाट प्रवचन गर्नुहुने छ । बुधबार महायज्ञ सुरु हुनुअघि पञ्चायतन मन्दिरबाट सुरु भएको शोभा कलशयात्रा सहितको ¥याली मणिग्राम, नयाँमिल, प्रेमनगर हँुदै पुनःसरस्वती पञ्चायतन मन्दिर परिसरमा पुगी समापन भएको थियो । कार्यक्रमको संचालन भरत भूषालले गर्नु भएको थियो ।