बुटवल, २३ माघ । सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटिद्वारा सञ्चालित सिद्धार्थ कटेज बुटवलले बुटवल १० सुख्खानगर स्थित ज्ञानज्योती पुस्तकालयलाई कम्प्युटर टेवुल प्रदान गरेको छ ।
कैलालीको टिकापुरबाट व्यबसाय सुरु गरेको सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटि स्थापना भएको १९ औं वर्षमा प्रवेश गरेको अवसर पारेर आईतबार बुटवल स्थित कटेजमा दुई थान कम्प्युटर टेवुल पुस्तकालयका अध्यक्ष टुकबहादुर क्षेत्रीलाई हस्तान्तरण गरिएको हो ।
कम्प्युटर टेवुल ग्रहण गर्दै पुस्तकालायका अध्यक्ष क्षेत्रीले निकट भविश्वमा पुस्तकालायलाई ई–लाईव्रेरीका रुपमा बिकास गर्न लागिएको र प्राप्त सहयोग त्यसकालागि एउटा ईटा भएको बताउनु भयो ।
२०७३ साल भित्रै दश वटा कम्प्युटर सहित ई–लाईव्रेरीको रुपमा बिकास गर्ने लक्ष्य लिईएको र त्यसकालागि हालसम्म ६ थान कम्प्युटर प्राप्त भईसकेको उहाँले जानकारी गराउनु भयो ।
२०४३ सालमा स्थापना भएको उक्त पुस्तकालय चुनौतीको सामना गर्दै आफ्नै भवनमा भएपनि समय सान्दर्भिक रुपमा सञ्चालन गर्न नसकिएकाले पाठक समेत पुस्तकालयमा आउन छाडेका बताईन्छ । हाल साँझ ४ देखि ६ बजेसम्म पुस्तकालय खुला रहने उहाँले बताउनु भयो ।
सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीले देशका बिभिन्न स्थानमा गरी हालसम्म १७ वटा शाखा सञ्चालनमा ल्याएको छ । त्यस्तै पर्यटन व्यबसायको क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्वदेशी तथा विदेशी कलेजहरुसंग सम्बन्धन लिएर सर्टिफिकेट, डिप्लोमा तथा एक्जुकेटिभ डिप्लोमाका कोर्षहरु सञ्चालन गर्ने तयारी गरिएको क्षेत्रीय प्रवन्धक महेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
१७ शाखामा एक हजार कर्मचारीलाई रोजगारी दिएको उक्त संस्थाले नेपालका पूर्वी क्षेत्रमा नयाँ शाखा स्थापनाकालागि अध्ययन गरिरहेको जनाएको छ ।