बुटवल, २३ माघ । बुटवल १३ देविनगर स्थित तिनाउ ईङलिस बोडिङ स्कुलमा जारी खेल सप्ताह आज सम्पन्न भएको छ ।
विद्यार्थीको अन्तरनिहित क्षमताको प्रष्फोटन गर्ने उद्देश्यले विद्यालयले माघ २० गते देखि खेलकुद सप्ताहको आयोजना गरेको थियो ।
विद्यालय प्राङगण, बाणिज्य क्याम्पसको खेल मैदान तथा एन्फा ऐकेडेमीको खेल मैदानमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई समापनको अन्तिम दिन आज पुरस्कार वितरण समेत गरिएको छ । विद्यालयका संस्थापक प्राचार्य यज्ञमुर्ती पाण्डे र विद्यालयकी प्राचार्य सिता पाण्डेले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको हो ।
खेलकुद सप्ताहको अन्तिम दिन आईतबार अन्तरसदानात्मक भलिवल प्रतियोगिता सम्पन्न भएको थियो । जसमा माछापुच्छे« सदन प्रथम, कञ्चनजंगा सदन द्वितीय हुन सफल भयो । त्यसैगरी बोरा दौड प्रतियोगिता समेत सम्पन्न भएको थियो ।
खेल सप्ताहको समापनमा अवसरमा विज्ञान प्रदर्शनी २०७३ मा उत्कृष्ट कपिल ज्ञवालीलाई नगद सहित सम्मान गरिएको थियो । उनलाई विद्यालयले कक्षा १० मा अध्ययानका लागि विद्यालयले १५ हजारको छात्रबृत्ती दिने घोषणा विद्यालयकी प्राचार्य सिता पाण्डेले गर्नुभयो ।
त्यसैगरी चित्रकला प्रदर्शनी २०७३ मा उत्कृष्ट हुनेहरुलाई समेत नगद सहित सम्मान गरिएको थियो । जिल्ला स्तरिय अतिरिक्त क्रियाकलाप अन्तरगर्त विभिन्न संस्थाले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम हुन सफल दिवाना पुनलाई पनि नगद सहित शिल्ड मेडल र प्रमाणपत्र बाट सम्मानित गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ईश्वरी पाण्डेले जानकारी दिनुभयो ।
खेल सप्ताहको विभिन्न प्रतियोगिता प्रथम, द्वितीय, तृतीय एवं सान्त्वना प्राप्त गर्ने विद्यार्थीलाई नगद सहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । सो अवसरमा बोल्दै संस्थापक प्राचार्य यज्ञमुर्ति पाण्डेले विद्यार्थीलाई खेलकुदको माध्यमबाट समेत शिक्षा प्रदान गर्न सकिने भन्दै विद्यार्थीमा रहेको खेलकुदलाई समेत खेलकुद सप्ताहले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।
उहाले अहिलेका विद्यार्थी प्रविधिसंग नजिक रहेको भन्दै विद्यार्थीलाई आर्कषण गर्न शिक्षा प्रणालीमा सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको अवसरमा विभिन्न सांस्कृकि कार्यक्रमका साथै साहित्यिक कार्यक्रम समेत गरिएको छ । कार्यक्रम विद्यालयकी प्राचार्य सिता पाण्डेको अध्यक्षता, संस्थापक प्राचार्य यज्ञमुर्ति पाण्डेको आतिथ्यता तथा सह–प्राचार्य कविराज पौडेलेको सञ्चालनमा सम्पन्न भएको थियो ।