
बुटवल, २५ माघ । सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा अध्ययनरत पाल्पाका बिधार्थीहरुले नेपाल विद्यार्थी संघ सिद्धार्थ गौतम वुद्ध क्याम्पस पाल्पा सम्पर्क समिति गठन गरेका छन् ।
सम्पर्क समितिको सभापतिमा रविन घिमिरे चयन हुनु भएको छ । समितिको उप सभापतीहरुमा हरि खड्का, एन्जल राना मगर, दिपक भुषाल र सबिता कंडेल रहनु भएको छ । त्यस्तै सचिवमा सुदिप पाण्डे सह सचिवमा आयुश सुर्यवंशी, दिपा पाण्डे र लक्ष्मी घर्ती रहनु भएको छ । कोषाध्यक्षमा लिलादेवी सिङ्जाली र सह कोषाध्यक्षमा वर्षा ज्ञवाली र कृष्ण ढेंङ्गा रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा नविन राना, शारदा कार्की, सुमन नेपाल, सबिता कंडेल, प्रकाश दर्लामी, अञ्जु ज्ञवाली, कमल सिङ्जाली, सरोज तिमिल्सिना, पुष्पा खत्री, गोविन्द थापा र दिपा पाण्डे रहनु भएको छ । कार्यक्रममा नेविसंघ सिद्धार्थ गौतमबुद्ध इकाई सभापती महेश शर्माले ने.वि संघ शान्त र मर्या्िदत भई स्ववियु निर्वाचनमा जाने बताउनुभयो । उहांले स्ववियु चुनावमा नेपाल विद्मार्थी संघलाई सहयोग गर्न र क्रियासिल भएर लाग्न सवैलाई अनुरोध गर्दै ने.वि संघ संग आस्थावान सम्पुर्ण विधार्थीलाई कलम र मसाल अंकित झण्डामा मतदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सिद्धार्थगौतम वुद्ध क्याम्पस गुल्मी सम्पर्क समितिका सभापति एबम इकाइ उपसभापती दिपक अर्याल, कोषाध्यक्ष विवेक भुषाल, अर्घाखाँची सम्पर्क समितिका सभापति अशिम खनाल, सचिब हरी घिमिरे, इकाइका उप सभापति अर्जुन खत्री, इकाइका सागर घिमिरे, लक्ष्मण पाण्डे, सविना खनाल, सन्जु चापागाइ ,गणेश आचार्य, दिपक भुसल, दिपक थापा लगायतले स्ववियु निर्वाच विद्यार्थीको हकहितको लागि भएको हुदा सबैलाई भाग लिन आग्रह गर्नुभयो । कार्यक्रमको संचालन इकाइ सचिब दिपक घिमिरेले गर्नुभएको थियो ।