फोहर व्यवस्थापनमा चर्को शुल्क उठाइएकोमा कांग्रेसको ज्ञापन पत्र

1.3K

फोहर व्यवस्थापनमा चर्को शुल्क उठाइएकोमा कांग्रेसको ज्ञापन पत्र

बुटवल, २६ माघ । नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले आज बुटवल उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । बुटवलमा फोहरमैला व्यवस्थापनको नाममा मनोमानी तरिकाले शुल्क तोक्ने र उठाउने कार्य भइरहेको बिरोधमा ज्ञापन पत्र बुझाएको हो ।

बुटवल उपमहानगरपालिका तथा ठेकदारहरुले फोहर व्यवस्थापनका लागि नगरबासीहरुसंग चर्को शुल्क उठाइएको भन्दै कांग्रेसले विरोध जनाएको हो । कांग्रेस बुटवल उपमहानगर समितिले बुझाएको ज्ञापनपत्रमा फोहर व्यवस्थापनको लागि चर्को शुल्क बृद्धि गरिएको, ठेकेदारले मापदण्ड विना तोकिएको भन्दा बढीे रकम उठाउने गरेकोले तत्काल सच्चाउन आग्रह गरिएको छ ।

सो अवसरमा बोल्दै  क्षेत्र नं. ४ कांग्रेस क्षेत्रीय सभापति हरि लम्साल र कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले आम नागरिकसंग लिइएकोे चर्काे शुल्क तत्काल घटाउन आग्रह गर्नुभयो । कार्यक्रममा नगर सचिव ज्योती भण्डारी, कोषाध्यक्ष मनोज ध्वजू, सहसचिव गोपाल पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

सो अबसरमा ज्ञापनपत्र बुझ्दै उपमहानगरपालिकाका बरिष्ठ अधिकृत बिष्णुप्रसाद खनालले यथासक्य प्रक्रियामार्फत जायज मागको सम्बोधन गरिने आश्वासन दिएका छन् ।