मगर दिवसमा सार्वजनिक विदा दिन माग

1.3K

मगर दिवसमा सार्वजनिक विदा दिन माग

बुटवल, ५ फागुन । नेपाल मगर संघ बुटवल उपमहानगरपालिका समितिले फागुन १५ गते बुटवल –१४ तामनगरमा ३५ औं मगर दिवस विविध कार्यक्रमसहित मनाउने भएको छ ।

संघको आज बुटवलमा भएको मगरहरुको भेलाले मगर दिवस मनाउने निर्णय गरेको हो । संघले फागुन १३ गते पत्रकार सम्मेलन, १४ गते हाजिरी जवाफ प्रतियोगिता र १५ गते मोटरसाइकल ¥यालीसहित तामनगरमा पुगेर दिवस मुल समारोह गरि मगर दिवस मनाउन लागेको हो । दिवसको व्यापक तयारी शुरु भएको संघले जनाएको छ ।

भेलाले दिवस सम्पन्न गर्न प्रचार–प्रसारको जिम्मा प्रेस सल्लाहकार टेकबहादुर मास्कीराना र सल्लाहकार सनु थापामगरलाई दिइएको छ । त्यस्तैं दिवस मूल समारोह व्यवस्थापनका लागि अध्यक्ष गोपाल चौहान, आर्थिक व्यवस्थापन कोषाध्यक्ष लुमबहादुर थापा, ¥याली व्यवस्थापन क्या.बलबहादुर थापामगर तथा क्या.बलबरि पुनमगर, सांस्कृतिक कार्यक्रम व्यवस्थापनका लागि लक्ष्मी पुन, हाजिरी जवाफका लागि सल्लाहकार भोजबहादुर बुढाथोकी, ¥याली मुल्याङकनका लागि क्या.जनक थापामगर र अतिथि सस्कारमा उपाध्यक्ष बसन्ती साठीघरेलाई जिम्मेबारी दिइएको छ ।

संघका अध्यक्ष गोपाल चौहानमगरको अध्यक्षता, सचिव थर्कबहादुर बाह्रघरेको सञ्चालन तथा उपाध्यक्ष बसन्ती साठीघरेको स्वागतमा भएको भेलामा नेपाल सरकार आदिवासी जनजाति जिल्ला समन्वय समिति, रुपन्देहीका उपाध्यक्ष दिलबहादुर खाम्चा, संघका सल्लाहकार भोजबहादुर बुढाथोकी, प्रेस सल्लाहकार टेकबहादुर मास्कीराना, सल्लाहकार मधु राना, क्या.मनबहादुर थापा, क्या.बलबहादुर थापामगर लगायतले बोल्नुभएको थियो ।

संघले मगर संघको स्थापना भएको दिन ०३९ सालबाट दिवस मनाउन शुरु गरेको हो । संघले दिवसको दिन सार्वजनिक विदा दिन सरकार समक्ष माग गरेको छ ।