
सैनामैना, ५ माघ । निजी क्षेत्रीय अँग्रेजी विद्यालय संगठन प्रेसो महोत्सवको समापन शुक्रवार हुदै छ । गजेडी खेल मैदानमा माघ ३ गते बाट सुरु भएको महोत्सवमा विभिन्न १८ विधामा संचालन भएको खेलकुद तथा विभिन्न प्रतियोगिताको समापन गर्न लागिएको आयोजकले विहीवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
सैनामैनामा आयोजित पत्रकार सम्मेलनमा प्रत्येक वर्ष आयोजना हुने महोत्सवमा विभिन्न विधा तथा खेलकुदका बिजेतालाई पुरस्कृत गर्दै खेल समापन हुने प्रेसोका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनु भयो । महोत्सवमा क्रिकेटमा चन्द्र बहादुर राना, भलिबलमा हेमराज भट्टराई, शारदा ज्ञवाली र चन्द्रबहादुर राना, कवितामा नारायण खनाल, वादबिवादमा अनन्तराम शर्मा, हाजिरीजवाफमा धर्मराज पौडेल, हिज्जेमा लेखनाथ पौडेल, चित्रकलामा मोहन सुनार, नृत्य र गायनमा कृष्णप्रसाद शर्मा संयोजक रहेर प्रतियोगिता चलेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
रुपन्देही क्षेत्र नम्वर ५ का सांसद भरतकुमार शाहको प्रमुख आथित्यतामा हुने समापन कार्यक्रममा अन्तरविद्यालय एकल गायन प्रतियोगिता समेत संचालन गरिने छ । रुपन्देही जिल्लाको तिनाउ पुल पश्चिम क्षेत्रमा रहेका २१ वटा निजी विद्यालय प्रेसोमा आवद्ध छन् । प्रेसोले २०६३ साल बाट नै महोत्सवको रुपमा विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।